पोखरामा हायर एजुकेशन फेयर हुदै

२०७६ साउन १ , बुधवार

पोखरा । आगामी साउन ३ गते पोखरामा अष्ट्रेलियन हायर एजुकेशन फेयर हुने भएको छ । अष्टे«लिया अध्ययनको लागि जाने विद्यार्थीहरुलाई उचित सल्लाह र सुझाव दिने उद्धेश्यले प्रोफेसनल एजुकेशन कन्सल्टेनसी पोखराले एजुकेशन फेयर गर्न लागेको हो । फेयर साउन ३ गते बिहान १० बजे देखि ५ गते सम्म चल्नेछ ।

पोखराको न्यरोडमा रहेको सिटी स्क्वायरमा चल्ने फेयरमा प्रवेश र रजिष्टे«शन निःशुल्क रहने बुधबार पत्रकार सम्मेलन मार्फत प्रोफेशनल एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक किशोर परियारले जानकारी दिए ।

फेयरमा अस्टे«लियाका १८ प्रसिद्ध युनिभर्सिटीका प्रतिनिधिहरुसँग विद्यार्थी र अभिभावकले प्रत्यक्ष भेटघाट गर्न पाउने छन् ।

विश्वविद्यालयका प्रतिनिधिसँग एक्लाएक्लै परामर्श लिन पाउने व्यवस्था रहेको निर्देशक किशोर परियार बताए ।

फेयरमा रजिष्टे«सन गर्ने विद्यार्थीलाई आईइएलटीएसमा ६० प्रतिशत छुटको र विभिन्न आर्कषक उपहार भौचरको व्यवस्था समेत रहेको छ । मूल्याकन गरि योग्य विद्यार्थीलाई छात्रावृत्तिको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

२६ वर्षदेखि शैक्षिक परामर्श दिदै आइरहेको यस एजुकेसन कन्सल्टेन्सीले पोखरा सन २०१६ देखि सेवा शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस