शिशुवा अस्पतालको सामाजिक परिक्षण

२०७६ साउन ५ , आईतवार

पोखरा । पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित शिशुवा अस्पतालको सेवा सुधार तथा सुदृढीकरणका लागि अन्तरक्रिया तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । वि.स. २०७३ देखि सन्चालनमा आएको शिशुवा अस्पतालमा आकस्मिक सेवा देखी, ओपिडी, फार्मेसि, ल्याब परिक्षण, एक्सरे सुबिधा,इसिजी,एम्बुलेन्स सुविधा,विरामी भर्ना तथा उपचारको लागि १५ सिट क्षमता सहितका सेवा उपलब्ध गराउदै आएको छ ।

पोखरा महानगरपालिकाको प्रमुख मानबहादुर जिसि,पोखरा महानगरपालिकाको वडा न २६,२७,२९,३०,३१, र ३२ नम्बरको वडा अध्यक्ष ,सामाजिक विकास मन्त्रालयका डा रमेश प्रसाद अधिकारी ,महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा,पोखरामहानगरपालिका प्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिना ,लेखनाथ उध्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी त्रिपाठि ,स्वयम सेविका ,कर्मचारी तथा स्थानिय बासिन्दाको उपस्थित रहेको कार्यक्रमको अध्यक्षता अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नारायण ओझाको अध्यक्षतामा कार्यक्रम सन्चालन गरिएको थियो ।

सामाजिक परिक्षणका क्रममा बोल्दै महानगरप्रमुख जिसीले अस्पतालबाट प्रदान गरिने सेवा जनमैत्री बनाउनुपर्ने जानकारी गराउदै सेवा चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

जनताको स्वास्थ्य महानगरको प्रमुख दायित्व र जोड भएकाले नागरिकको स्वास्थ्यमा अस्पताल सचेत बन्नुको साथै रोग लाग्नै नदिनको लागी ब्यायाम गर्ने,स्वास्थ्य आहारविहारको लागी चेतना जगाउन अव विशेष कार्यक्रम अगाडि सार्नुपर्ने बताएका थिए ।

अस्पतालको सामाजिक परिक्षण गर्दा कुल १०० मा ५७ अंक आएको देखिएको छ,जुन अंकलाई सन्तोषजनक मानिन्छ । अस्पतालको सामाजिक तथा भौतिक अवस्था र कार्यप्रगतिको बारेमा अस्पतालका डा मिलन श्रेष्ठले जानकारी गराएका थिए भने आर्थिक प्रतिवेदन लेखापाल दयाराम विश्वकर्माले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस