विभुतिको तेस्रो वार्षिक उत्सव

२०७६ साउन ५ , आईतवार

पोखरा । पोखरा १७ डयामसाइडमा रहेको विभुति हेल्थ केयर प्रा.लिको तेस्रो वार्षिक उत्सव शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि संस्थापक सदस्य राजन मानन्धरले कार्यक्रमको उद्धघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै मानन्धरले विभुति हेल्थ केयर प्रालिले उपचार सेवा संग संगै सामाजिक सेवामा योगदान पु¥याएकोमा प्रशंसा गरे । साथै उनले आगामी दिनहरुमा थप प्रभावकारी उपचार सेवा दिन संस्था संग जोडिएका सबैलाई जिम्मेवार भएर आफ्नो डियुटी गर्न आग्रह गरे ।

सो कार्यक्रममा पोखरा न्यूरोड स्थिीत एड्भान्स पोलिक्लििनिकलाई विभुति सिटी क्लििनिकको रुपमा अगाडी बढाई सेवा विस्तार गर्न लागेको विभुति हेल्थ केयर प्रालिका मुटुरोग विशेषज्ञ नारायण गौतमले बताए ।

नाफाको केहि रकम सामाजिक कार्यमा लगाउने तथा आगामी दिनहरुमा स्तरीय उपचार सेवा विस्तार गर्दे लैजाने संस्थाका प्रतिनिधि कृष्ण पाण्डे सुनाए ।

कार्यक्रममा एनआरएल,मंगलम फार्मेसी,विभुति हेल्थ केयरका सदस्य तथा कर्मचारी साथै एकमाया हिराचन,डा।ऋषि राम ढकाल,डा।नारायण सिं गुरुङ,डा।विश्वराज बस्ताकोटी,डा=रविराज तिमिल्सिना,डा.अन्जना गुरुङ,उषा गौतम,विन्दु श्रेष्ठ,उर्मिला केसी,कविता शाही लगायतको सहभागिता रहेको थियो ।

फरेष्ट ग्यालरी रिसोर्ट दोविल्लामा सम्पन्न भएको सो कार्यक्रममा राम वेदी पुन, डा।नारायण गौतम,शेयर सदस्यको तर्फबाट किशोर खनाल लगायतले शुभकामना मनत्व्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी म्यानेजर आस्था शाही गौतमले र कार्यक्रम संचालन छितिन डोल्माले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस