साग महिला फुटबलमा भारतको दबदबा कायमै

२०७६ मंसिर् १९ , बिहीवार

सुरज श्रेष्ठ,पोखरा । १३ औ दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा भारतले लगातार दोस्रो जित निकाल्दै दक्षिण एशियाली महिला फुटबलको दबदबा कायमै राखेको छ ।

पोखरा रंगशालामा आज भएको पहिलो खेलमा श्रीलंकालाई ६–० गोलले हराउदै भारतले दोस्रो जित हात पारेको हो । भारतको जितमा एन रत्नाबाला देवि र सन्धिया आरले समान २/२ गोल गरिन भने डेङ्घमेल ग्रेन्स र रोजा देवीले समान १/१ गोल गरेकी थिईन ।

यस अघि प्रतियोगितको पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो ।

भारतको जितमा डेङ्घमेल ग्रेन्सले खेलको ८ औ मिनेटमा गोल गर्दे भारतको लागि खाता खोलेकी थिईन । त्यस्तै खेलको १० औ मिनेटमा सन्धिया आरले अर्को गोल थप्दै गोल दोब्बर गराएकी थिईन ।

एन रत्नाबालाले श्रीलंकाको डिबक्स भित्र दिएको सट पासलाई सदुपयोग गर्दे सन्धिया आरले बललाई जाली चुमाएकी हुन ।
खेलको शुरुवात देखि नै श्रीलंका माथि हावी भएको भारतीय टीमले गोलको बर्षा नै गराएको थियो ।

भारतको लागि तेस्रो गोल एन रत्नाबाला देवीले १९ औ मिनेट र चोथौ गोल सन्धिया आर गरिन् । खेलको दोस्रो हाफमा श्रीलंका खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सफल भएन ।

दोस्रो हाफको ४३ औ मिनेटमा भारतका खेलाडी ए रोजा देवीले ५ औ गोल गर्दे श्रीलंकाको जित्ने झिनो आशालाई समाप्त पारेकी थिइन । त्यस्तै भारतको लागि अन्तिम गोल दोस्रो हाफको ४६ औ मिनेटमा एन जी बाला देवीले गोल गरेकी थिईन ।

दक्षिण एशियाली महारथी भारतको टोलीलाई महिला फुटबलमा श्रीलंकाले अहिलेसम्म हराउन सकेको छैन् । श्रीलंकालाई खेल अवधिभर दबाबमा राखेको भारतले पहिलो हाफमा नै ४ गोल गरेर जितको संकेत दिएका थिए ।

भारतसँग ६ गोलको फराकिलो हारपछि श्रीलंकन टोलीले रक्षात्मक पंक्तिमा कमजोरी भएको स्वीकारेको छ । ‘नेपालसँगको खेलमा हाम्रो प्रस्तुति उत्कृष्ट थियो,’ श्रीलंका महिला फुटबल टोलीकी रोहन ठिलक अल्फान्सुले भनिन्, ‘तर आजको खेलमा हाम्रा खेलाडी पनि घाइते थिए । गोल रक्षक परिवर्तन गर्नुप¥यो ।’ उनले भारत समूहकै राम्रो देश भएकाले पनि जित्न कठिन भएको बताइन् ।

अल्फान्सुले भारतभन्दा श्रीलंका राम्रो खेलेको दाबीसमेत गरेकी छिन् । उनले भनिन्, ‘भारत आफैंमा राम्रो टिम हो । तर, हाम्रा खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरे । खेलाडी घाइते नभएको भए खेलमा सुधार गर्न सक्थ्यौं ।’

भारतीय टिम प्रशिक्षक म्यामल रक्कीले आफ्ना खेलाडीको खेलबाट सन्तुष्ट रहेको बताएकी छिन् । ‘आजको खेलमा खेलाडीले निक्कै राम्रो प्रदर्शन गरे । सोचेकै रणनीतिअनुसार खेल भयो,’ उनले भनिन्, ‘अब नेपालसँग खेल्न पनि हामी तयार छौं ।

भारतले अब मंसिर २१ गते आयोजक नेपालसंग खेल्नेछ । राउण्ड रोबिन लिग प्रणाली अन्र्तगत खेलाईएको प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस