भारतको वान चान्स,वान गोल,फिनिस

२०७६ मंसिर् २१ , शनिबार

सुरज श्रेष्ठ,पोखरा । १३ औ सागको पोखरा रंगशालामा जारी महिला फुटबलमा भारतले पाएको एक अवसरलाई गोल नै गर्दिए ।

शुरु देखि नै नेपालले दबाबमा राखेको खेल १८ औ मिनेटमा नेपालको गोल पोष्टमा लाने एक अवसर पाए र गोल गरे । सोही गोल भारतलाई जितको लागि कोशे ढुंगा बन्यो ।

शनिबार पोखरा रंगशालामा भएको खेलमा भारत आयोजक नेपाललाई शुन्यका विरुद्ध १ गोल गर्दे विजयी भएको हो । भारतका स्ट्राइकर एनजी बाला देवीले खेलको १८ औ मिनेटमा गरेको गोल नै भारतलाई जितको लागि काफि भयो ।

खेलको १० औ मिनेटमा सरु लिम्बुले डिबक्स भित्र पाएको राम्रो अवसरलाई लेफ्ट फुडले प्रहार गर्दा बलले सहि दिशा लिन सकेन र फस्टबार नजिक बाट बाहिरियो ।

सावित्रा भण्डारी साम्बा नेपाली टीमका गोल मेसिन हुन् । उनी नेपालका सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडी समेत हुन् । भारतले नेपालका उनै स्ट्राइकर सावित्रा भण्डारीलाई मार्क गरेर गोल नखाने रणनितिमा सफल भयो ।

पहिलो हाफको २० औ मिनेटमा सावित्रा भण्डारीले हानेको प्रहार गोल पोष्ट नजिकबाट बाहिरिएको थियो । प्रतिस्पर्धात्मक खेलमा नेपालका खेलाडीहरुले निकै मेहेनेत गरेर खेलेका थिए । तर नतिजा निकाल्न नस्कदा हार बेहोर्न प¥यो । यता भारतले पाएको थोरै अवसरलाई खेर फालेनन र खेलको १८ औ मिनेटमा गोल गरे,र खेल आफ्नो पोल्टामा पारे ।

दोस्रो हाफको ९ औ मिनेटमा नेपाली खेलाडीलाई फल गर्दा भारतका ए रोजा देवीलाई रेफ्रि अस्मिता मानन्धरले पहेलो कार्ड दिएकी थिईन । । त्यसको केहि समयमा डिबक्स नजिकै नेपाली टीमका स्ट्राईकर साम्बालाई फल गर्दा भारतकै अर्का खेलाडी संगिता बासफोरेले पनि पहेलो कार्ड पाएकी थिईन  ।

खचाखच दर्शकको साथ पाएको नेपालले खेलमा फर्कन खोजे पनि गोल गर्न भने सकेन । तथापी नेपाली खेलाडीले खेल अवधिभर राम्रै खेल प्रर्दशन गरे ।

रेनुका नगरकोटीको कप्तानीमा मैदान उत्रेको नेपाली टीमले विपक्षीको एरियामा पटक पटक बल लगे पनि भारतका अनुभवी डिफेन्डरको अगाडी केहि जादु देखाउन सकेन ।

दोस्रो हाफको ४३ औ मिनेटमा साम्बाले दिएको पास मिडफिल्डर दिपा राईले वान टचमा प्रहार गरिन । तर त्यो बल विपक्षीको गोलपोष्ट भन्दा थोरै माथि बाट बाहिरियो । यद्यपी उपस्थित दर्शकले गोल भएको ठानेर गोल भन्दै चिच्याएका थिए ।

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले पाएको अवसरलाई सदूपयोग गर्न नसकेको स्वीकारे । ‘भारतसँग हाम्रो खेल एकदमै टफ लेबलको थियो । तर, पाएका चान्सेसलाई क्याच गर्न नसक्दा हा¥यौं ।’उनले भने

एक गोलले पछि परेको नेपालले गोल फर्काउने आशामा दर्शकहरु अन्तिम सम्म कुरेका थिए ।  तर नेपालले गोल भने फर्काउन सकेन ।

फिफा बरियतामा नेपालको महिला टीम १ सय औ स्थान र भारत ५८ औ स्थानमा रहेको छ । राउण्ड रोविन प्रणालीको आधारमा नेपाल र भारत आजको खेल हुनु पूर्व नै फाइनलमा प्रवेश गरि सकेको छ ।

१३ औ साग महिला फुटबलको फाइनल खेल सोमबार नेपाली समय अनुसार दिउसो १ बजे पोखरा रंगशालामा आयोजक नेपाल र भारत आमने सामने हुनेछन् ।

त्यस्तै पोखरा रंगशालामा भएको महिाला फुटबलको अर्को खेलमा श्रीलंकालाई १ को विरुद्ध २ गोलले हराउदै माल्दिभ्सले काश्य जितेको छ ।

प्रतिक्रिया दिनुहोस