‘राजनीतीमा आस्था र निष्ठा जरुरी छ’  : नरेश शंकर पालिखे

२०७४ मंसिर् १७ , आईतवार

नेपालमा राजनिती के का लागि गर्ने भन्ने विषयको उत्तर नै पाउन नसकिरहेको बेला आसन्न निर्वाचनमा प्रदेश सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नंम्वर २ अन्र्तगत प्रदेश २ मा स्वतन्त्र उम्मेदवारी दिएका नरेश पालिखेले एक शब्दमा भने, “निष्ठा र गलत प्रबृत्तिको बिरुद्धमा लड्न ।” “गलत प्रवत्ति पार्टी भित्र पनि हुन्छ र बाहिरी समाजमा पनि”, उनले थपे । बालक चिन्ह लिएर मैदानमा उत्रेका पालिखे आफुले चुनाव जित्ने प्रसस्त आधार पेश गर्छन ।  नेपाली कांग्रेस कास्कीमा जवरदस्त छवी बनाएका कांग्रेसका नेता नरेश पालिखेले कास्की कांग्रेसको नेतृत्व तहमै बसेर लामो समय काम गरेका छन् ।

२०२० सालमा जन्मेका पालिखे मास्र्टस ईन व्जिनेश एडमिनिष्ट्रेसन व्षियमा नेपाल उत्कृष्ट भई गोल्ड मेडल पनि पाएका छन् । २०५७ सालमा उनि कांग्रेस कास्कीको सचिव हुदै तत्कालिन उममहानगर अध्यक्ष, महासमिति सदस्य भएका छन् । तत्कालिन पोखरा उपमहानगरपालिका पुर्ब उप–मेयर पािलखेले प्रतिगमन व्रिुद्धका आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए । उनलाई २०६१ सालमा ७० दिन सरकारले नजरबन्दमा पनि राखेको थियो । राजाको प्रत्यक्ष शासनका बिरुद्धमा पालिखेले आन्दोलनमा सक्रिय सहभागिता जनाएका हुन । काठमाण्डौको खाद्यसंस्थानमा खसिवोका राख्ने ठाऊमा उनलाई हिरासतमा राखिएको थियो । बौद्धिक क्षमता भएको नेताको रुपमा मानिने पालिखेलाई काग्रेसले प्रशिक्षण विभागको सदस्य पनि बनाएको थियो । पालिखे विजनेश युनिभर्सल डेभलपमेन्ट बैकको अध्यक्ष, पृथ्वीनारायण क्याम्पसका सहायक पाध्यापक, फेवा प्रिन्स होटलको प्रबन्ध र्निदेशक समेत भैसकेका छन् । उनै पालिखेसंग गरिएको विषेश कुराकानी :

 तपाईको स्वतन्त्र उम्मेदवारी किन ? 

पहिलो कुरा म एउटा लामो समय राजनीतिमा बिताएको मान्छे हो । राजनीती भनेको परिबर्तनको लागि हुनपर्छ भन्ने मान्यताका साथ म राजनीतिमा होमिएको थिए । समाजमा भएको नकारात्मक कुरालाई केवल राजनितिले मात्र फेर्ने सक्छ भन्ने लागेर नै राजनीतिमा लागेको हो । तर पछिल्लो समय राजनीतिलाई मागि खाने भाँडो र फेसनको रुपमा प्रयोग हुन थाले पछि मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हो । बालक चिन्ह लिएर चुनावमा हामिएको छु । दोस्रो कुरा कुनै नेताको अघिपछि लागेकै कारण पैसाको खोलो बगाउनेलाई टिकट दिने प्रवृत्तिको विरुद्ध पनि मेरो उम्मेदवारी हो । राजनीतीमा निष्ठा चाहिन्छ, त्याग चाहिन्छ , समर्पण चाहिन्छ । पार्टीमा लगानी पनि हुनु पर्छ अर्थात पार्टीमा लामो समय बिताएका लाई छोडेर राजनितिमा कुनै लगानी नभएकालाई टिकट दिने परिपाटीका विरुद्धमा म चुनावी मैदानमा छु ।

 नेपाली कांग्रेसको राजनीतिमा लाग्नु भो , जनताहरुले पार्टी भन्दा स्वतन्त्र उम्मेदवारी दिँदा विश्वास गर्लान त ?

विकासमा बादको अर्थ छैन । म विगत पनि विभिन्न संस्थामा रहेर काम गरिसकेको छु । मेरो काम गर्न तरिका यहाँका जनतालाई थाहा छ । म घरदैलोका क्रममा धेरै मतदाताको घरमा पुगेको छु । सबैले शुभकामना र हौसला दिएका छन् । नरेश पालिखे कुनै नयाँ मान्छे होईन, विभिन्न कार्यक्रम लिएर जनताको घरमा गैरहेकै मान्छे हो । खाली बालकमा भोट हाल्दा नरेशको चिन्ह हो भन्ने जानकारी गराउन मात्र गएको हो । गोजीबाट निकालेर दिएका मानिसहरुलाई भन्दा नरेश पालिखेलाई चुनाव जित्न धेरै सजिलो छ । जनताले अत्यन्त शौहार्दपुर्ण वातावरणमा स्वागत गरे परिणाम  मेरो पक्षमा आउँछ । जवसम्म पार्टीको कुरा छ , पार्टीमा आफुहरु भन्दा कैयौ राम्रा मान्छेहरु छन, एक बर्ष अगाडी आएर पार्टीको क्रियाशिल सदस्यता लिएका मानिसलाई टिकट दिँदा बर्षो देखि कांग्रेसमा जिवन फालेका कार्यकर्ताहरु निरास भएका कारण गलत कुराको लागि आफुले विद्रोह गरेको हो । पार्टीले आर्थिक प्रलोभनमा परेर जे पनि गर्न छुट नभएकाले पार्टी भन्दा माथिल्लो निकाय जनता भएकाले चुनाव बाट पार्टीका नेताहरुलाई जवाफ र कार्यकर्ता र शुभचिन्तकको मनोभावना उच्च बनाउने संकल्प छ । यदि पैसाको भरमै नेता हुने, मन्त्री र सभासद हुने भए जिन्दगीभर पार्टीमा किन काम गर्ने ?

 चुनाव जित्न विकासका नारा दिएका छन् सबै उम्मेदवारहरुले तपाईको चाँहि के छ ? 

मेरो निर्वाचन क्षेत्र कृषि, पर्यटन, ब्यापार जस्ता संभावनाहरु बोकेको क्षेत्र हो । यस्तो खालको विशेषता बोकेको अन्य निर्वाचन क्षेत्र कमै हुन्छ । सबै कुराको एकिकृत योजना बनाउन सक्ने हो भने देशकै नमुना निर्वाचन क्षेत्र बनाउन सकिन्छ । मेरो संकल्प पनि त्यही छ । म नसक्ने कुरा गरेर जनतालाई अनावश्यक आश्वासन होईन सम्भव हुने कुरा गरेर मात्र मत माग्ने मान्छे हुँ ।

मेरो निर्वाचन क्षेत्रको महानगरका ४,८,९ नम्वर वडा प्रदेश नं ४ कै मुख्य वडा हो । उपभोक्ता मैत्री र सुरक्षीत व्यवसायका लागि ठोस कदम उठाईने छ ।  त्यसै गरि यो शिक्षाको पनि केन्द्र हो । यस क्षेत्रका बिद्यालयहरुको गुणस्तर बृद्धि थप भौतिक पुर्वाधार मेरो प्राथमिकतामा छ । जनतालाई सहज र सरल स्वास्थ्य पहुँच, सरकारी स्वास्थ्य केन्द्र तथा मेडिकल कलेजलाई जनताको सेवामा लगाउने बाताबरण पनि बनाईनेछ । पर्यटन पनि पोखराको मुख्य कुरा हो , तर हाल प्रचारमा आएका भन्दा अन्य क्षेत्रहरुको पनि खोजी र प्रचार गरि थप नयाँ गन्तव्यहरु र्निमाण गर्ने मेरो लक्ष्य छ । पशुपालनलाई आकर्षको पेशा बनाईनेछ । दुग्ध र मासुजन्य पदार्थ निर्यात गर्न सक्ने गरि कृषिको विकास गराउन सकिन्छ । मैले त आफु निर्वाचित भएपछि पाउने सबै भक्ता पत्रकार महासंघ र गरिव असहाय, सुकुम्वासीहरुका लागि खर्च गर्ने घोषणा पनि गरेको छु । यस्ता थुप्रै योजनाहरु मसंग छन् । त्यसैले बालक चिन्हमा तपाईहरुले लगाउनु भएको एक छाप नै परिबर्तनको सुरुवात हो भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।

 निर्वाचनमा तपाईका जस्तै अन्य उमेदवारहरुले विकासका नारा लगाएकै छन्, तपाईलाई कसरी विश्वास गर्ने ? 

म पदमा हुँदा पनि नहुँदा पनि निरन्तर जनता संग जोडिएर काम गरिरहेको छु । मेरो स्वभाव कास्कीका जनतालाई राम्रोसंग थाहा छ । यहाँको लागि म नयाँ  मान्छे होईन् । दर्जनौ संस्थामा बसेर काम गरेको अनुभव र जहाँ म बसे ति संस्थाहरुको सामाजिक स्टाटस नै पर्याप्त विश्वास गर्ने आधारहरु हुन् । त्यसो त अन्य उमेदवारहरु जो म संग प्रतिष्पर्धामा हुनुहुन्छ उहाँहरु संग पनि विकासको स्पष्ट खाँका देखिदैन । मत दिएर जिताएपछि पछुताउनु पर्ने अबस्था आउन नदिने मेरो संकल्पमा जनताले साथ दिन्छन भन्ने अपार विश्वास छ ।

 अन्त्यमा केही भन्नु छ ?  

अन्त्यमा सबै कास्कीबासी दाजुभाई तथा दिदि बहिनीहरु, आमाबुवा तथा साथीभाईहरुलाई नयाँ संबिधान निर्माणपछिको सम्ृद्धिको युगमा प्रवेश गर्न लागेको मुलुकको एउटा असल पहरेदार बन्ने अठोट बोकेको नरेश शंकर पालिखेलाई विश्वास गरिदिनु हुन अनुरोध छ । आगामी मंसिर २१ गते तपाईहरुले अमुल्य मत बालक चिन्हमा मतदान गरी विजयी गराउन हार्दिक अपिल पनि गर्न चाहन्छु । विश्वासको मत पाउने अधिकार मलाई मात्र छ जस्तो लाग्छ । तपाईको विश्वासको मत लिएर विश्वासघात नगर्ने प्रतिबद्धता पनि जनाउन चाहन्छु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस