पर्यटकिय गाउँ अस्ताम र वृद्ध आमा

२०७४ चैत्र २७ , मंगलवार

अस्ताम । गाउँका अधिकांश घरहरु खाली छन् । खेतीयोग्य जमीन बाँझै देखिन्छन् । पर्यटकीय गाउँ धितालको अस्ताम पुग्ने जो कोहीले यति बेला आराम गर्ने उमेरका आमाहरु डोको बोकिरहेको देख्छन् ।

कास्की जिल्लाको उत्तरी भेगमा रहेको यो गाउँमा मकै लगाउने तयारी गरिरहेका वृद्ध उमेरका आमाहरु गाउँमा काम गर्ने मानिसहरुको अभावमा डोकोमा मल बोक्न वाध्य छन् ।

गाउँघरका मानिसहरु सुविधा खोज्दै शहर जान थालेपछि गाउँतिर काम गर्ने मानिसहरुको अभाव हुन थालेको हो ।

तर गाउँले जीवन हेर्न आएका पर्यटकहरु ग्रामीण जीवनशैली तथा मनोरम दृश्य देखेर मोहित छन् ।

गाउँमा क्रमशः हुँदै गएको विकासका कारण सुविधा खोज्दै शहर पसेका गाउँलेहरु फेरि गाउँ फर्कने आशा स्थानीयबासीहरुको रहेको छ ।

प्रतिक्रिया दिनुहोस