साहित्यकार गीता खत्रीको “अन्त्यहिन ईच्छा” को परिचर्चा आज पोखरामा

२०७५ असोज १७ , बुधवार

पोखरा । साहित्यकार एवं अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पुर्व अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीका वर्तमान उपाध्यक्ष गीता खत्रीको कथा संग्रह “अन्त्यहिन ईच्छा”को परिचर्चा, अनुभव र अनुभुति सहित सम्मान कार्यक्रम आज पोखरामा हुने भएको छ ।

साहित्यकार गिता खत्रीले बिशेष गरेर अमेरिकी परिवेशमा घटेका घटनालाई १७ ओटा कथाको रुप दिएर कथा संग्रह पुस्तक “अन्त्यहिन ईच्छा” तयार पारेकी हुन् ।

सोही कथा संग्रहमा स्वदेश र विदेशमा रहेका नेपालीहरुलाई विदेशी वैज्ञानिक आबिष्कार, असर, प्रभावबाट आफ्नोे नेपाली मौलिकता, परम्परा, संस्कृतिलाई कसरी बचाउने, आफु कसरी बच्ने जस्ता गहन विषयहरु समावेश रहेका छन् ।

उक्त पुस्तकको विस्तृत बिषयलाई लिएर कार्यक्रममा परिचर्चा हुने र सोही अवसरमा साहित्यकार खत्रीले साहित्यीक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप रेडियो जननी ९०.६ ले उनलाई जननी सम्मान अर्पण गर्ने भएको छ ।

साहित्यका माध्यमबाट देश विदेशमा रहेर साहित्यिक चिन्तन गर्ने पाठकहरुलाई जोड्ने कार्य साहित्यकार खत्रीले गरेकोले उनलाई सम्मान गर्न लागिएको रेडियो जननीका अध्यक्ष मिलन थापाले बताईन् । नारी प्रतिभा बाङ्मय प्रतिष्ठान, पोखरा र रेडियो जननी ९०.६ को साझेदारीमा हुन लागेको उक्त कार्यक्रम एक उत्कृष्ट कार्यक्रम हुने समेत थापाको भनाई छ ।

त्यस्तै रेडियो जननी ९०.६ का स्टेसन म्यानेजर विमला भण्डारीले साहित्यकार गिता खत्रीको कथा संग्रह “अन्त्यहिन ईच्छा” को परिचर्चा, उनको अनुभव र अनुभुतिलाई कार्यक्रममा प्रस्तुत गरिने जानकारी दिईन् ।

गिता खत्री नेपालकै उत्कृष्ट साहित्यकार मध्ये एक हुन् । उनको जन्म काठमाडाँैको कलंकीमा भएको हो । उनी विगत २० बर्ष देखि अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी छन् । उनका कृतिहरु मध्य कविता संग्रह ४ वटा नियात्रा (झोखाङ्ग देखि मझाटलान सम्म) रहेका छन् भने प्रकाशित कथा संग्रहहरु पनि रहेका छन् ।

उनी गंगादेवि स्मृति पुरस्कार, नारी बाङ्मय सम्मान, भानुभक्त स्वर्ण पदक, सत्यमोहन जोशी पदक, सरस्वती सम्मान लगायत दर्जनौ संघसंस्थाबाट सम्मानित भईसकेकी छन् ।

हाल बोर्ड अफ ट्रस्टीका वर्तमान उपाध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाजको पुर्व अध्यक्ष, साथै नेपाली साहित्य समाज अमेरिकाको लागि नेपाली साहित्यिक दुत समेत रहेर काम गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस