कविता:जो कहिल्यै फर्किएनन !

२०७५ कार्तिक १३ , मंगलवार
लेखकःवीरमणी ढकाल/बिमिराबोट, आँधिखोला-६, स्याङ्जा

पुर्णिमाको रातहरुमा चम्किरहेका
लाखौं ताराहरु औंसीको रातमा
कहिल्यै फर्किएनन् ।।

बाग्मती नारायणी कर्णाली कोसी
महाकाली खोला बनेर बगिरहे ।
समुन्द्र बनेर कहिल्यै फर्किएनन् ।।

माछापुच्छ्रे धौलागिरी सगरमाथामा
सुर्यको किरण सधैं मुस्कुराईरहे।
कालापानी लिपुलेक सुस्ता दशगजा लुटिए
छिमेकीबाट कहिल्यै फर्किएनन् ।।

सिन्दुर रङ्गाएर श्रीमतीसग हनिमुन
नमनाउँदै खाडीको जहाजमा उडिरहे ।
खालि जहाज फर्कियो
तर श्रीमान घर कहिल्यै फर्किएनन् ।।

प्रतिक्रिया दिनुहोस