पोखराको नयाँबजारमा तास खेल्दै गर्दा ६ लाख रुपैयाँ सहित समातिए ११ जना

२०७५ कार्तिक १७ , शनिबार

पोखरा । पोखरा ९ नयाँवजारमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

शुक्रवार दिउँसो वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले तास खेलि खेलाइरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जुवा खालबाट नगद ५ लाख ९७ हजार ३ सय ६० रुपैयाँ सहित २ बुक तास बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा गढिमाई घर भई हाल पोखरा महानगरपालिका वडा न ९ नयाँबजार बस्ने ३० वर्षीय सुनिल, भारत घर भई हाल पोखरा महानगरपालिका वडा न ९ नयाँबजार बस्ने ४२ वर्षीय राजुप्रसाद जैसवाल, २८ वर्षीय अमरेन्द्र कुमार, २५ वर्षीय लव कुश कुमार, ३२ वर्षीय रम्भु प्रसाद, ४० वर्षीय धमेन्द्र प्रसाद, २९ वर्षीय पप्पु जैसवाल, ३५ वर्षीय रामा प्रसाद जैसवाल, ४० वर्षीय अबध किसोर प्रसाद, २५ वर्षीय धुर्व कुमार, २८ वर्षीय शिवनाथ पण्डित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस