युवतीलाई अश्लिल फोटो पठाउँदा पक्राउ परे ठाकुर

२०७५ कार्तिक २६ , सोमबार

पर्वत । युवतीलाई अस्लिल फोटो पठाएको अभियोगमा पर्वतको बाजुङ्गका एक युवा पक्राउ परेका छन । पर्वतको मोदी गाउँपालिका वडा नं ५ साविक बाजुङ गाविस वडा नं ८का ३८ वर्षीय ठाकुरबहादुर केसी पक्राउ परेका हुन ।

केसीलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत कसूर गरी फरार रहेको प्रहरीले जनाएको छ । फरार केसीलाई शनिबार जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलिले घरबाटै पक्राउ गरि आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौमा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिदेशमा रहँदा सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा अश्लिल फोटो पठाएको आरोपमा उदयपुरकी एक युवतीले उजुरी दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस