पोखरामा मिटर व्याजको धन्दा, लाखौं रुपैयाँ उठाएर एक महिला फरार

२०७५ मंसिर् ९ , आईतवार

पोखरा । पोखराकी एक महिला लाखौं रुपैयाँ ठगेर फरार भएकी छन् । विगत ११ वर्षदेखि पोखरा ५ प्रस्र्याङचोकमा अंकित पुस्तक पसल एण्ड स्टेशनरी सञ्चालन गर्दै आएकी बरालले स्थानीय मानिसहरुसँग विभिन्न प्रलोभनमा पारी सो रकम ठगी गरेकी हुन् ।

उनले स्थानीय घरवाला र वाहालमा वस्ने थुप्रै मानिससँग पैसा मागेर ठगी गरेको उनीहरुले जानकारी दिएका छन् । पोखरा १३ आर्वा घर भएकी लक्ष्मी वराल लाखौं रुपैयाँ ठगेर फरार भएको पीडितहरुले बताएका छन् ।

उनले ठगी गरेका अधिकांश मानिस महिलाहरु रहेका छन् । कसैलाइ सस्तोमा पैसा लिएर व्याज लगाइदिने नाउँमा त कसैलाई घर जग्गामा लगानी गरिदिने नाउँमा पैसा मागेर लाने गरेको उनीहरुले बताएका छन् । कतिपयसँग १० दिन, १५ दिन १ महिना २ महिनाको लागि पैसा मागेर लैजाने र सो पैसा माग्न थालेपछि व्याज दिन्छु भनेर तर्किने गरेको उनीहरुले बताए ।

लगेको पैसा माग्ने केहीलाई विभिन्न सहकारीका खाली चेक समेत उनले बेलाबखत दिने गरेको पीडितहरुले वताएका छन् ।
कतिपयसँग त माइती पोखरा र पोखरा नै घर भएको भन्दै उनले ठगेकी छन् भने कतिपय सँग लोग्ने विदश रहेको भन्दै ठगी गरेको उनीहरुले जानकारी दिएका छन् ।

११ वर्षदेखि सो स्थानमा बस्दै आएकी बरालले १ करोड भन्दा वढी ठगी गरेको पीडितहरुले बताए । ठगी धन्दामा संलग्न लक्ष्मी वरालले गत ५ महिनादेखिको सटर भाडा पनि नतिरेको स्थानीय घर धनी सुबास कोइरालाले बताए ।

उनले स्थानीय टीका गौतमसँग १० लाख, ट्याक्सी चालक दलवहादुर श्रेष्ठ सँग ५० हजार, पर्वतको चित्रेकी एक महिला सँग २ लाख ५० हजार, आर्वाकी नारायणी शर्मा सँग ३ लाख, वसुन्धरा शर्मा सँग ६० हजार, स्थानीय किराना पसल दीया स्टोर्ससँग नगद र खाद्य सामाग्री उधारो गरी २ लाख लगायत पोखराको प्रस्र्याङ, मालेपाटन र गैहपाटन क्षेत्रका महिलाहरुको ठूलो रकम खाएर उनी भागेको स्थानीयवासीले बताएका छन् ।

यसरी रकम लिएर महिला भागेपछि रकम दिनेहरु रनभुल्लमा परेका छन् । एक छोरा सहित एक्लै प्रस्र्याङचोकमा स्टेशनरी पसल संञ्चालन गर्दै आएकी उनले त्यो पैसा एक्लै चलाइन् कि उनको पछि पारिवारिक गिरोह सक्रीय छ भन्नेमा आशंका रहेको एक पीडितले बताए ।

पछिल्लो समयमा वैंक तथा वित्तिय संस्थाहरुले ऋण दिन छोडेपछि ती महिलाले विभिन्न प्रलोभनमा पारी चिने जानेका मानिसहरुवाट पैसा असुलेर महंगोमा पैसा अन्तै लगाउने गरेको हुन सक्ने श्रोतको दावी छ ।

मिटर व्याजमा पैसा लगाउने र खाने ध्याउन्नमा रहेकी ति महिलाको पसलमा दिनको पाँच/ सात जना मानिस ठगिएको भन्दै आउँदै फर्किदै गरेको एक पीडितले जानकारी दिए ।

रकम ठगेर भाग्ने महिलाका विरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेको पीडितहरुले बताएका छन् ।

स्रोत:छुस्के डट कमको फेसबुक पेजबाट

प्रतिक्रिया दिनुहोस