पोउवा संघको ‘सफल एक्सपो पोखरा’ बाट ३ लाख ८७ हजार बचत,पुसको तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला

२०७६ आषाढ ३ , मंगलवार

पोखरा । पोखरा उद्योग वाणिज्य संघले गएको मंसिरमा आयोजना भएको ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला,२०७५’ बाट ३ लाख ८७ हजार २ सय २ रुपैयाँ बचत गरेको छ ।

मेलाको हिसाब किताब सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले मेलामा ९२ लाख ४३ हजार ६ सय ७० रुपैयाँ आम्दानी भएकोमा विभिन्न शिर्षकमा गरी ८८ लाख ५६ हजार ४ सय ६७ रुपैयाँ खर्च हुँदा सो रकम बचेको जानकारी गराएका हुन् । अध्यक्ष अधिकारीले बचेको रकम सामाजिक काममा लगाउने उद्घोष गरे । उनले मेला आफ्नो उद्देश्यमा सफल भएको दावी पनि गरे ।

‘मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्नु हाम्रो मूख्य लक्ष थियो’, उनले भने,‘ हामी हाम्रो उदेश्यमा सफल भएका छौँ र मेलालाई अझ परिष्कृत गर्दै अगाडि बढ्ने लक्ष्य लिएका छौँ ।’

उनले यसो भनिरहँदा आउदो वर्षको पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा नयाँ संस्करणको मेला आयोजना गरिने घोषणा पनि गरे । उनका अनुसार संघले अब पुरानै नाम अर्थात राष्ट्रिय औद्योगिक व्यापार मेला’ को ब्राण्ड प्रयोग गरी मेला आयोजना गर्नेछ ।

यो वर्ष नयाँ प्रयोग गरिए पनि आम पोखरेलीहरुको मुखमा झुण्डिँदै आएको पुरानो नामबाटै मेला गर्न सुझाव आएकोले त्यसो गरिएको उनले जिकिर गरे ।

लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराको साथ आयोजना गरिएको मेलाबाट पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको थियो ।

पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग, लक्ष्मी समूहको मूख्य प्रायोजन, नेपाल पर्यटन वोर्ड सहित आइएमई ग्रुपको प्रवद्र्धन एक्सपो आयोजना गरेको थियो ।

एक्सपोलाई हिमायलयन डिष्टिलरी प्रालि,गरिमा विकास बैंक लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी,होटल लेक सोर, टुडे मिनिरल वाटर,हन्सराज हुलासचन्द्र एण्ड सन्स, हरपल चामल, हिमालयन जनरल इन्स्योरेन्स,गण्डकी टे«ड हाउसको पिजो मोटर्स, सगरमाथा इन्स्योरेन्स, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, पोखरा इन्टरनेट प्रालि,फर्निचर ल्याण्ड,बबिन टेलरिङ एण्ड लेडिज कलेक्सन,बोटलर्स नेपाल तराई प्रालिको कोकाकोला, गृहलक्ष्मी ग्याँस कम्पनी प्रालिबाट विभिन्न विधा तथा नेपाल जनरल मार्केटिङ प्रालिको तर्फबाट हिरो ड्युट स्कुटर बम्बर उपहारको रुपमा प्रायोजन गरेका थिए । एक्सपोमा अत्याधुनिक डोममा र साधारण गरी ३ सयको हाराहारीमा स्टलहरु रहेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले पोखरा उद्योग वाणिज्य संघले पोखराको समग्र विकासमा दिएको योगदानको चर्चा गर्दै संघ सबैको साझा संस्था भएको बताए । उनले मेला र महोत्सव उद्यमशीलता विकास र अर्थतन्त्रलाई चलायमान बनाउन आयोजना गरिने भएकोले यसमा सबै पोखरेलीको सहयोग पाउने विश्वास व्यक्त गरे ।

संघका महासचिव अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघले आउँदो मेलालाई सबै पोखरेलीको मेला बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको विकासको लागि मेलालाई उपयोग गर्ने पनि उनको उद्घोष थियो ।

यसअघि मेला मूल आयोजक समितिको बैठकबाट मेलालाई सफलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गरियो ।

मूल आयोजक समिति तथा कार्यसम्पादन समितिका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा भएको सो बैठकमा बोल्ने अधिकांश वक्ताहरुले मेला र महोत्सव पोखरा उद्योग वाणिज्य सघले सुरु गरेको स्मरण गर्दै यसको निरन्तरताको कामना गरेका थिए ।

बैठकको समापन गर्दै कार्यसम्पादन समिति तथा पाखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मेला सम्पन्न गर्न सघाउनेहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस