भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरले मनायाे पहिलाे वार्षिकाेत्सव, करिव ८० जना विद्यार्थीहरु प्रशिक्षित

२०७६ भाद्र ३ , मंगलवार

पाेखरा । “Vision to the CHILD, to the TEACHER & PARENT and to the SOCIETY & NATION” भन्ने मुल नाराका साथ पोखरा-२७ लेखनाथमा स्थापित भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरबाट करिव ८० जना विद्यार्थीहरु प्रशिक्षित भएका छन् ।

गत वर्ष भदाैदेखि सन्चालित सेन्टरले नव प्रवेशी शिक्षक र शिक्षण पेशामा आवद्ध भएकाल ८० जना शिक्षकहरुलाई तालिम प्रदान गरेकाे हाे ।

भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरका म्यानेजिङ डाइरेक्टर दुर्गा सिग्देलले कार्यक्रमको अध्यक्षता गर्दै मारिया मन्टेवश्वरीको शिक्षण विधि र बाल केन्द्रित सिकाइको आवश्यकता औल्याईन ।

साथै उनले मानव उमेरको बौद्विक विकास जन्मदेखि ५ वर्षको उमेरमा ९० प्रतिशतसम्म हुने भन्दै यस समयमा घरपरिवार, समाज र राष्ट्रले महत्वपूर्ण भुमिका निर्वाह गरेमा योग्य र सक्षम व्यक्तिको उत्पादन हुन सक्ने बताईन् । त्यसैले आफू पनि यस क्षेत्रमा लागि परेको उनकाे भनाई थियाे ।

कार्यक्रममा डाइमन सेकेण्डरी स्कुलका डाइरेक्टर माधव शरण उपाध्याय, पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष गीता तिवारी, क्यान कास्कीका अध्यक्ष्य युवराज पौडेल, मानव मिलन कन्द्रबाट सावित्रि शर्मा तथा उक्त संस्थाका सह सस्थापक बाबुराम न्यौपानेले लगायतका वक्ताहरुले संस्था र मन्टेश्वरीका बारेमा भनाई राखेका थिए ।

कम्प्युटर शिक्षा समेत उपलब्ध गराईने उक्त सेन्टरलाई कम्प्युटर एशोशिएसन महासंघ, नेपालको सदस्यता प्रमाणपत्र महासंघ, कास्कीका अध्यक्ष युवराज पौडेलले गरेका थिए ।

पोखराको तालचोकमा सम्पन्न संस्थाको वार्षिकोत्सव तथा प्रमाणपत्र वितरण कार्यक्रमको सन्चालन प्रविणा विश्वकर्माले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस