न्यू लाईफ अायुर्वेदकाे स्वास्थ्य शिविरबाट छ सय बढि लाभान्वित

२०७६ भाद्र ८ , आईतवार

पाेखरा । पाेखराकाे पृथ्वीचाेकमा रहेकाे न्यु लाईफ अायुर्वेदकाे स्वास्थ्य शिविरबाट ६ सय भन्दा बढि सेवाग्राहि लाभान्वित भएका छन् ।गण्डकी प्रदेशका उद्याेग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालद्वारा हालै उद्घाटन गरि सेवा शुभारम्भ गरेकाे न्यू लाईफ अायुर्वेदले शुक्रवार र शनिवार स्वास्थ्य शिविरकाे अायाेजना गरेकाे थियाे ।

शिविरमा कास्की, तनहुँ, गाेर्खा, लम्जुङ्ग, स्याङ्जा, पर्वत र म्याग्दी लगायतका विभिन्न जिल्लाका ६ सय भन्दा बढि सेवाग्राहि लाभान्वित भएकाे संचालक विक्रम खड्काले जानकारी दिए ।

काठमाडौंमा लामाे समयदेखि स्वास्थ्य क्षेत्रमा उल्लेख्य याेगदान गर्दै अायकाे यस संस्थाले गण्डकी प्रदेशकाे राजधानी पाेखरामा रहेर अाफ्नाे सेवाबाट छुट्टै पहिचान सहित सबैकाे सेवाग्राहिकाे मन जित्ने संचालक खड्काकाे विश्वास छ ।

प्रतिक्रिया दिनुहोस