बुधवारदेखि वाईवाई तिज मेला, तयारी तिव्र

२०७६ भाद्र ८ , आईतवार

पाेखरा । हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका पुरानो टुडिखेलमा बगर १ पोखरामा यहि भाद्र ११ बुधवारदेखि १७ गते सम्म हुने “वाईवाई तिज मेला–२०७६” को तयारी तिव पारिएको छ ।

पुष्पान्जली फेसन एन्ड इभेन्टले आयोजना गर्ने उक्त मेलाको तयारी तिव्र पारिएको मुल आयोजक समिति संयोजक शोभा गौतमले जानकारी दिइन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७६ को अवसरमा पारेर आयोजना गर्न लागिएको मेला स्थल पुरानो टुडिँखेलमा हाल स्टल वनाउनेसँगै वाल उद्यान निमार्णको काम भैरहेको र मेलाको प्रचार प्रचार तिव्र गतिमा रहेको प्रचार प्रसार समिती संयोजक दिनेश शर्माले बताए ।

मेलामा दैनिक उपभोग्य सामान, कृर्षि हस्तकला, लत्ताकपडा सगै रेष्टुरेन्ट लगायतका स्टलहरु रहने आयोजकले जनाएकाे छ । यसका अलावा मेलामा हेल्दी होम खुल्ला मौलिक तिज गीत प्रतियोगिता हुने र प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार एक सय एक , द्वितीयले २० हजार एक सय एक , तृतीयले १० हजार एक सय एक , सान्त्वनाले ५ हजारसगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २/२ हजार नगद पुरस्कार पाउनेछन् । यसै गरि प्रभु बैंक गृहणी नृत्य प्रतियोगितामा प्रथम हुनेले १०,१०१, द्वितीयले ७,१०१, तृतीयले ५,१०१ र सान्त्वना हुनेले नगद २/२ हजार पुरस्कार पाउनेछन् । मेलामा पोखरा पिजा टपरि गाँस्ने प्रतियोगिता समेत हुनेछ ।

त्यसै गरि हराउदै गएको छेलो खेल संरक्षण गर्ने उदेश्य सहित मेलामा गण्डकी प्रदेश स्तरिय सल्युट गोर्खा छेलो प्रतियोगिता समेत हुने भएको छ । मेला अन्तर्गत १४ भदौमा हुने प्रतियोगिताको विजेताले ११ हजार एक सय एक, उपविजेताले ६ हजार एक सय एक र तेस्रोदहुनेले नगद ३ हजार एक सय एक रुपैया पुरस्कार पाउनेछन । मेलाको मुख्य प्रायोजकमा वाइवाइ चाउचाउ , प्रायोजकमा सर्बोतम सिमेन्ट , सिक्नेचर र हरपल चामल , अफिसियल बैकीङ पार्टनरमा प्रभु बैंक , सह-प्रायोजकमा नेपाल टेलिकम , नेपाल आइस बियर र कुन्दन तेल , उप-प्रायोजकमा बिग मास्टर वाइन , सिद्धार्थ इन्स्योरेन्स र पिसा आटा , प्रबर्द्धकमा आकृती एड्भटाइजिङ , पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड , सहयोगीहरुमा नारायणी स्टिल, हेल्दी होम , द बर्गर हाउस , अन्नपूर्ण केवलकार , रियो जुस , कमल सुनचादी , एनबिजेके सप्लायर्स , कल्चर रिसोर्ट , होटल बाराही , सल्युट गोर्खा ट्रेनीङ सेन्टर , कुइक्स चिजवल्स र पोखरा पिजा हाउस रहेको संयोजक शोभा गौतमले जानकारी दिइन ।

 

प्रतिक्रिया दिनुहोस