नेपालको जितमा लम्जुङे चेलीको ह्याट्रीक,यो जित संगै नेपाल फाईनलमा प्रवेश

२०७६ मंसिर् १९ , बिहीवार

 

सुरज श्रेष्ठ,पोखरा । साम्भा ! साम्भा ! साम्भा ! यो बिहिबार पोखराको रंगशालामा दिनको २ बजेबाट गुन्जिएको आवाज हो । पोखरा रंगशालामा १३ औ दक्षिण एशियाली महिला फुटबल प्रतियोगिताको दोस्रो खेल नेपाल र माल्दिभ्स बिच चल्दै थियो ।

खेल शुरु भए देखि नै नेपाली महिला टीमका चर्चित खेलाडी सावित्रा भण्डारी ‘साम्भा’ लाई पोखरा रंगशालामा उपस्थिीत दर्शकले खेल अवधिभर हौसला थपिरह्यो ।

नेपालले उनै सावित्रा भण्डारी साम्भाको ह्याट्रीले माल्दिभ्सलाई तीन शुन्य गोलले पराजित ग¥यो ।

राउन रोबिन प्रणालीको आधारमा खेलाइएको खेलमा समुह १ र २ को विजेताले फाईनल खेल्छ । नेपालले खेलेको दुई खेलमा एक जित र एक बराबर खेलि ४ अंक जोडेको छ भने भारतले दुबै खेल जितेर ६ अंकको जोडेको छ । यो संगै दुबै देश सेमिफाइनल अगावै फाईनलमा प्रवेश गरेको छ ।

दुई खेल बाट बराबरी खेल्दै १ अकं जोडेको श्रीलंका र दुबै खेलमा हार बेहोरेको माल्दिभ्सले कुनै अंक नजोडी खेल बाट बाहिरिएको छ ।
माल्दिभ्स विरुद्धको खेलमा सावित्राले १८ औ मिनेटमा अनिता बस्नेतले दिएका क्रसबललाई हेड मार्फत गोल गर्दे नेपाललाई अग्रता दिलाएकी थिईन ।

एक गोलले अघि भए पछि रंगशालाको माहोल नै पुरा साम्भामय बनेको थियो । ४ मिनेटको अन्तराल खेलको २२ औ मिनेटमा अर्को गोल थप्दै नेपालको गोल दोब्बर पारिन ।

खेलको इन्जुरी समयमा माल्दिभ्सको खेलाडीले नेपाली खेलाडीलाई डिबक्स भित्र फल गरे पछि पाएको पेनाल्टीलाई गोल गर्दे नेपाललाई जित दिलाईन । साथै १३ औ दक्षिण एशियाली खेलको महिला फुटबलमा पहिलो ह्यार्टिक गर्ने खेलाडी समेत बनिन् ।

सर्वाधिक गोलकर्ता बनिन
१३ औ दक्षिण एशियाली खेलकुद महिला फुटबल प्रतियोगिता उनको लागि सफल भयो । भलै नेपालले उपाधी जित्नको लागि अझै भारतसंगको खेल बाकी नै छ । तर उनले पूर्व कप्तान अनुलामाको नाममा रहेको ३५ गोलको किर्तिमानी बराबारी त बनाएकी थिईन तर त्यसलाई तोड्न सकेकी थिनन् । तर १३ औ सागमा ३ गोल गर्दे गोल संख्या ३८ पु¥याइन । यो संगै उनी नेपाली महिला फुटबलमा सर्वाधिक गोलकर्ता बन्न सफल भएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस