छैठौ छपेली सेभेन ए साइड फुटबलमा क्वाटरफाइनल सम्मका खेल सकियो,भोलि सेमिफाइनल हुने

२०७६ पौष २७ , आईतवार

सुरज श्रेष्ठ,तनहुँ । जारी छैठौ छपेली सेभेन ए साइड फुटबल प्रतियोगितामा क्वाटर फाइनल सम्मका खेल सकिएको छ ।  आइतबार सम्पन्न चार खेलमा मिनाम लाङ्गघाली युवा क्लब लमजुङ्ग,छपेली साँस्कृतिक युवा क्लब ए,सामना युवा क्लब तुरतुरे र न्यू बुद्ध युवा क्लब नयाँबस्तीले सेमिफाइनलको यात्रा तय गरेका छ ।

मिनाम लाङ्गघाली युवा क्लबले कालिका युवा क्लब नारेश्वरटारलाई शुन्यको विरुद्ध ४ गोल गर्दे जित निकालेको हो । खेलको म्यान अफ दि म्याच मिनाम क्लबका मनोज गुरुङले हात पारे ।

सोही दिनको दोस्रो खेलमा आयोजक छपेली साँस्कृतिक युवा क्लब ए ले मस्र्याङदी युवा क्लब पालुङटार गोरखालाई १ का विरुद्ध २ गर्दे सेमिफाइनको यात्रा निकालयो । खेलको म्यान अफ दि म्याच छपेली साँस्कृतिक युवा क्लबका सागर आले भए ।


पाचौ दिनको तेस्रो खेलमा सिजन युवा क्लबलाई २ का विरुद्ध ४ गोल गर्दे सामना युवा क्लबले आफ्नो अगाडिको यात्रा तय ग¥यो । सो खेलको म्यान अफ दि म्याच सामना युवा क्लबका विनम श्रेष्ठ भए ।  क्वाटरफाइनलको अन्तिम खेलमा चमुण्डा युवा क्लब सिमलटारलाई शुन्यका विरुद्ध ४ गर्दे न्यू बुद्ध युवा क्लब उपाधीको नजिक पुग्न सफल भयो । उक्त खेलको म्यान अफ दि म्याच न्यू बुद्धका श्रीकृष्ण राना भए ।

छपेली साँस्कृतिक युवा क्लबको आयोजनामा यहि २० गते बाट संचालन भएको सेभेन ए साइड फुटबल प्रतियोतिाको विजयी टिमले ७७ हजार ७ सय ७७ र उपविजेता ले ४४ हजार ४ सय ४४ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सोमबार सेमिफाइनल र माघ १ गते बुधबार फाईनल खेल हुनेछ ।

खेलकुद सामजिक अन्तर संबन्धको पूर्वाधार भन्ने नाराका साथ आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई आर्कषक पुरस्कारको व्यवस्था रहेको आयोजक छपेली युवा क्लबका अध्यक्ष दल सिं थापाले बताए ।

प्रतिक्रिया दिनुहोस