लायन पाैडेलद्वारा जन्मदिनको अवसरमा वृद्वाश्रममा खाद्यान्न वितरण

२०७६ माघ २४ , शुक्रबार

पाेखरा । युवा व्यवसायी तथा लायन्स क्लव अफ पोखरा भिजिटका खेलकुद निर्देशक लायन राजु पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर वृद्वाश्रममा खाद्यान्न वितरण गरेका छन् ।

पाैडेलले पोखराको १७ सितापाइलामा रहेको पोखरा वृद्वाश्रममा रहेका ४५ जना असहाय वृद्वहरुलाई आश्रममा पुगि खाद्यान्न वितरण गरेका हुन् ।

उक्त अवसरमा पौडेलले आफु देश जनताको रक्षा गर्न विगतमा नेपाल आर्मीमा आफु रहेर सेवा गरेकाे स्मरण गरे, र भने “आजका दिनमा पनि जहाँ छु त्यहाबाट जे सक्छु त्यो सहयोग गर्ने गर्नेछु । ‘दान गरे पुण्य मिल्छ’ हाम्रो शास्त्रले यहि भन्छ म पनि सकेको गर्छु ।”

१ सय २ वर्षीय वृद्व बुवाको हातबाट आशिर्वाद ग्रहण गर्दा भावुक बनेका राजु पौडेलले फेरि पनि आउने प्रतिवद्वता समेत व्यक्त गरेका छन् ।

क्लवका सचिव लायन सुरेन्द्र लामिछानेले क्लव स्थापनाको प्रथम वर्षमा नै समाज सेवाका धेरै काम गरेको जनाउँदै अाफुहरुले सकेको सेवा गर्ने बताए ।

यस क्रममा क्लवका कोषाध्यक्ष राम हरि वाग्लेले रु २,००५ र सदस्य रामकृष्ण पौडेल (सुमित) ले रु. २,१०० आश्रममा सहयोग गरेका थिए ।

२०५३ सालमा ४ जनाबाट सन्चालित उक्त आश्रममा अहिले विभिन्न १७ जिल्लाका असहाय ४५ जना वृद्ववृद्वा रहेको निवर्तमान कार्यवाहक अध्यक्ष टिकाबहादुर भण्डारीले जानकारी दिए ।

लायन्स क्लव अफ पोखरा भिजिटले संयोजन गरेको कार्यक्रम क्लवको अध्यक्ष लायन महेन्द्र सापकोटाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस