
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौंै संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ ।
अरुणा शाही (भलिबल)
म्याग्दीको रघुगँगा गाउँपालिकाकी अरुणा शाही नेपाली महिला राष्ट्रिय टिमको कप्तान हुन् । मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन् । परिवारको बाधाका बिच उनले भलिबललाई नै रोज्दै अघि बढिन् ।
सुस्मीता थापामगर (आइटीएफ तेक्वान्दो/मुआथाई)
वि.स. २०६० सालमा बागलुङको बडिगाड गाउँपालिका वडा नं १० मा जन्मिएकी सुस्मीता थापामगर आएटीएफ तेक्वान्दोकी खेलाडी हुन् । पछिल्लो समय उनको आफ्नो परिचय मुआथाईतर्फ पनि मोडेकी छिन् । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आइरहेकी सुस्मीताले छोटो समयमै उचाई हासिल गरिसकेकी छिन् ।
कृपा गुरुङ (फेन्सिङ)
स्याङ्जा कोल्माकी कृपा गुरुङ सानोमा तेक्वान्दो खेल्थिन् । तेक्वान्दो खेल्ने क्रममा साथीहरुले फेन्सिङमा राम्रो गरेको देखेपछि मैले पनि यसैमा राम्रो गर्छु भन्ने लाग्यो । २०७८ मा काठमाडौंमा भएको वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा सहभागी भएपछि उनी तेक्वान्दो छाडेर यता लागेकी हुन् । उमेरले १६ वर्ष टेकेकी कृपाको फेन्सिङप्रतिको लगाब अधिक छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने अध्यक्ष मगरले बताए ।