कविता:´मलाई त्यस्तै बन्नु छ`

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

✍✍सन्तोष पौडेल
पाेखरा,३० कास्की । ती रुखहरु कस्तो मज्जाले उभिएका,
स्वाभिमान र आत्मगौरवले भरिएका,
कति इतिहासका साक्षी भए होलान्,
कति यात्रीलाई छहारी दिए होलान्,
कति चराचुरुङ्गीका घर भए होलान्,
तिनलाई घमण्ड छैन् न त ईष्या छ कसैको
ती त खालि उभिरहेछन्
आकाशसँग कुरा गरिरहेछन्
जरा जमिनमा गाडिरहेछन्
हो मलाई त्यस्तै रूख बन्नु छ ।

ती नदिहरु कस्तो मज्जाले बगिरहेका,
कञ्चनता र स्वच्छताले भरिएका,
कति पाप र दुष्कर्म पखाले होलान्,
कति सभ्यताको साँची भए होलान्,
हिमाल, पहाड छिचोलि तराई सिचिँत पारेहोलान्,
कति हिमाल भन्दा अघि देखी बगिरहेछन्,
तर पनि सधैं नविनता पस्किरहेछन् ,
हो मलाई त्यस्तै नदि बन्नु छ ।

ती हिमाल कस्तो मज्जाले हासिँरहेका,
सेतो हिँउ र कोमलताले भरिएका,
तिनीहरु कति नदिका जननी भए होलान्,
कति पहाडका शिरहरु भए होलान्,
हिमाललाई थाहा छैन् उसको जात के हो,
धर्म के हो, संस्कृति के हो ,
उसलाई थाहा छैन् उसको भाषा के हो,
तरपनि राष्ट्रियता बोलिरहेछ,
नेपाली हुनुमा गौरब गरिरहेछ,
हो मलाई त्यस्तै हिमाल बन्नु छ ।

ती चराहरु आकाशमा कस्तो मज्जाले उडिरहेका,
हिमाल, पहाड, आकाश चारिरहेका,
तिनीहरु कति घर भएर पनि बेघर होलान्,
कति घर नभएर पनि घरबारे होलान्,
तिनीहरुलाई विभेद छैन् कुनै ठाउँको,
उड्न जानेका छन् , उडिरहेछन्,
तिनीहरुलाई नवस्वर थाहा छैन्,
तरपनि चिरबिराइरहेछन्
स्वच्छन्दता छरिरहेछन्, मनमोहकता छरिरहेछन् ,
हो मलाई पनि त्यस्तै चरा बन्नु छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्