सौर्य जहाज दुर्घटनामा १५ जनाको मृत्यु,४ जनाको उद्दार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाण्डाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी रहेको बताइएको छ ।

शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिंदै गरिएको प्रहरीले जनाएको छ ।

४ जनाको भने उद्दार गरिएको छ । जसमध्ये तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको केएमसीमा उपचार भइरहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्