पोखरा । आज हरिबाेधिनी एकादशी पर्व पोखराको विभिन्न ठाउँमा एकादशी मेला विशेष धुमधामका साथ मनाईएकाे छ । आजकाे दिनलाई भगवान विष्णु निद्राबाट जाग्ने दिनको रूपमा मनाइन्छ, जसमा भक्तजनहरूले गङ्गाजलसहित पूजा गर्ने र व्रत लिने परम्परा रहेको छ।
यस वर्ष पाेखराकाे रामघाट क्षेत्र, याम्दी पूल, हेमजाकाे बाबियातरा, गाइघाट लगायतका क्षेत्रमा भक्तजनहरूका लागि विशेष प्रवचन, भजन-कीर्तन, र पूजा-पाठको व्यवस्था गरिएको थियाे । रामघाट क्षेत्रमा स्थानीय कलाकारहरूद्वारा पारम्परिक गीत तथा नृत्य प्रस्तुत भएकाे थियाे।
मेलामा स्थानीयबासीहरू मात्र होइन, नेपालका विभिन्न स्थानबाट आएका पर्यटकहरूको पनि उल्लेखनीय उपस्थिति रह्याे । स्थानियवासीहरू र व्यापार व्यवसायीहरूले मेलाले पोखराको आर्थिक र सांस्कृतिक उत्थानमा योगदान दिने पण्डित ऋषिराम शर्माले बताए ।
हरिबोधिनी एकादशी पोखरामा विशेष महत्वको पर्वको रुपमा मनाइन्छ। यो दिन भक्तजनहरूले भगवान विष्णुको आराधना गर्दै जीवनमा सुख, शान्ति, र कल्याण प्राप्त गर्ने कामना गर्छन्। पोखराको धार्मिक वातावरण र भक्तजनहरूको ठूलो भिड यस पर्वलाई थप विशेष बनाउँछ।
यो मेलाले केवल धार्मिक आस्था मात्र नभई पोखराको सांस्कृतिक पहिचानलाई पनि सजीव बनाएको छ। स्थानीय प्रशासनले यसलाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउन पहल गरिरहेको छ।
महत्व हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाईन्छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व मनाईएकाे हाे ।
सार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।