पोखरा । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नक्कली कागजपत्र प्रस्तुत गरेर अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ।
प्रसाईले सम्मेलनमा ओलीको कम्बोडियामा अरबौं रुपैया लगानीको दाबी गर्दै नक्कली कागजपत्र सार्वजनिक गरेका थिए। प्रारम्भिक अनुसन्धानमा ती कागजपत्र झुटा पाइएको छ।
सीआइबीका अनुसार, प्रसाईविरुद्ध साइबर क्राइम अन्तर्गत विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दायर गरिने छ।