राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता सिंहदरबारबाट पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही सिंहदरबार परिसरबाट पक्राउ परेका छन्। आइतबार सिंहदरबारभित्र प्लेकार्डसहित प्रदर्शन र नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रदर्शनका क्रममा राप्रपा नेताहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘तीनकुने घटनामा न्यायिक छानविन आयोग गठन गर’ र ‘वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालाई रिहा गर’ जस्ता नारा लगाएका थिए। प्रदर्शनले सिंहदरबार क्षेत्रको माहोल तनावग्रस्त बनेको थियो।

राप्रपाले नयाँ बानेश्वर क्षेत्रमा पनि प्रदर्शन जारी राखेको छ। पक्राउ परेका नेताहरूको तत्काल रिहाइको माग गर्दै पार्टीका अन्य नेताहरूले प्रहरी प्रशासनविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका नेताहरूलाई आवश्यक छानबिनका लागि हिरासतमा राखिएको छ। यता, राप्रपाले सरकारको यो कदमलाई लोकतान्त्रिक अधिकारमाथिको अंकुशको रूपमा चित्रण गर्दै देशव्यापी आन्दोलनको तयारी गर्ने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्