जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १९, ३४७ घाइते

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । सोमबार देशभर जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालबाट प्राप्त विवरणअनुसार यो संख्या पुष्टि गरेको छ।

त्यसैगरी, देशभरका विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन्।

अस्पताल अनुसार मृत्यु संख्या काठमाण्डाैं सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना छन् ।

स्वास्थ्य मन्त्रालयले घाइते र मृतकको तथ्यांक नियमित रुपमा संकलन गरिरहेको बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्