काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले नयाँ बानेश्वर क्षेत्रमा भइरहेका आन्दोलनतर्फ ध्यान दिँदै संयमता अपनाउन युवाहरूसँग फसबुकमार्फत अपिल गरेका छन्।
आन्दोलनकारीको माग सम्बोधन भइसकेको भन्दै उनले भने, “सडकमा हुनुभएको युवाहरु अब संयमता अपनाउनु होला । तपाईंले घुँडा टेकाउन खोज्नुभएकोहरुले घुँडा टेकिसके।”
सिंहदरबार, काठमाडौं र हेटौडामा रहेका राष्ट्रिय डेटा सेन्टरलगायत जिल्ला प्रहरी, प्रशासन, अदालत र नगरपालिका जस्ता संवेदनशील संस्थाहरूलाई तोडफोड वा आगजनी नगर्न उनले आग्रह गरे।
उनले भने, “यी संस्था संवेदनशील राष्ट्रिय डाटाहरू समेटेका छन्। केही स्वार्थी समूहहरूले तपाईंलाई यसलाई नष्ट गर्न उक्साउन सक्छन्, तर कृपया सतर्क रहनुहोस् र यस्तो क्षति हुन नदिनुहोस्।”










