असोज २० सम्म अति आवश्यक नभए यात्रा नगर्न प्राधिकरणको अनुरोध

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज २० गतेसम्म अति आवश्यक नभए यात्रा नगर्न नागरिकलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार १७ देखि २० असोजसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यसबीच नारायणी, बागमती, कमला र कोशीसहितका नदीमा बहाव बढ्न सक्ने र स–साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ।

दशैंको भीडभाडलाई ध्यानमा राख्दै प्राधिकरणले घर नजिकै बस्न, पहिरो र नदी किनारका बस्तीमा सतर्कता अपनाउन, सुरक्षित स्थानबारे जानकारी राख्न र स्थानीय विपद्‌ व्यवस्थापन समितिको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्