काठमाडौं उपत्यकामा तीन दिन सवारी साधन आवागमनमा रोक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । निरन्तरको वर्षाका कारण यात्रामा उच्च जोखिम रहेको भन्दै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सबै सवारी साधन आवागमन तीन दिनका लागि रोक लगाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले उपत्यका भित्रिन र बाहिरिन सबै राजमार्ग बन्द गरिएको जानकारी दिएका छन्। उनले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बताए।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा समेत वर्षाको कारण राजमार्गमा पहिरो, जलमग्नता र अन्य सम्भावित जोखिम देखिएकाले आपतकालीन आवश्यकताबाहेक सबै यातायात गतिविधि रोक्न आग्रह गरिएको उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्