आइतबार र सोमबार सार्वजनिक बिदा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । सरकारले भोलि आइतबार र पर्सि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार देशभर अविरल वर्षाले उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै बिदा थप गरिएको हो। सरकारी कार्यालयहरू आइतबारदेखि सञ्चालन हुने तय भए पनि राजमार्गमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सतर्कताका कारण दुई दिन सार्वजनिक बिदा दिनुपर्ने परिस्थिती बनेको हो।

यसैबीच, गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग सुरक्षा तथा प्रतिकार्यबारे छलफल गरिएको छ। उच्च जोखिमयुक्त बस्तीहरूमा प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको छ।

त्यस्तै, आकस्मिक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिने गृह मन्त्रालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्