माछापुच्छ्रे ५ एमालेको घरदैलो, सडक स्तरोन्नती गर्ने प्रतिवद्वता, मोटरेबल पुलको लागि पहल गर्ने

  • ख-
  • ख+

पोखरा ।
माछापुच्छ्रे गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले ५ नम्वर वडाको पूर्वाधारतर्फ समिबगर देखि हाइड्रोपावर सम्मको सडक स्तरोन्नति गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

साथै उनले वडा नं। ५ र ८ जोड्नको लागि उपर्युक्त  ठाउँमा मोटरेबल पुल बनाउ पहल गर्ने, वडाको माध्यमिक तहको विद्यालयलाई विशेष जोड दिने र हाल सञ्चालनमा रहेका बाँकी योजनाको काम गर्ने  र शिक्षा ,स्वास्थ र रोजगारमा विशेष ध्यान दिने बताए ।

आज माछापुच्छ्रे ५ रिभानमा भएको घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उपाध्यक्ष  पदका उम्मेदवार सीता तिवारी अधिकारीले महिलाहरुलाई प्राथामिकतामा राखेर काम गर्ने बताईन् ।

विभिन्न स्थानमा भएका घरदैलोमा केन्द्रिय पोलिटब्यूरो सदस्य तथा पूर्व संविधान सभा सदस्य सीता गिरी ओलीले नेकपा एमालेले मात्र स्पष्ट र देश विकासको निति लिएको हुनाले देश समृद्व बनाउन एमालेकै नेतृत्व हुनुपर्नेमा जोड दिईन् ।

जिल्ला कमिटी सचिवालय सदस्य तथा कास्की क्षेत्र न ३ का संयोजक कर्णबहादुर गुरुङ र प्रदेश सदस्यद्वय लालबहादुर परियार र सुर्यप्रसाद लम्सालले पार्टीले लिएको निति अनुसार जनप्रतिनिधिले काम गर्ने हुनाले सुर्य चिन्नमा भोट दिन गाउँबासी मतदाताहरुलाई अनुरोध गरे ।

कार्यक्रममा गण्डकी प्रदेश सदस्य नरबहादुर गुरुङ, जुमबहादुर गुरुङ, ईन्द्रप्रसाद गौतम जिल्ला सदस्य कृष्णकुमारी दवाडी, पालिका इन्चार्ज महेश्वर दवाडी लगायतका नेताहरुको उपस्थिति थियो ।

जसका लागि सात सूर्यमा सात छाप लगाई एमालेका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन अनुरोध गरिन् ।

आज गाउँपालिकाका अनन्ते ठाँटी हुँदै रिभान गाउँ, हुम्दि , डाडाँगाउँ, लाम्पाटा, मोहोरिया लगायतका ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न भने भोलि  माछापुच्छ्रे ९ मा घरदैलो गरिने चुनाव प्रचार प्रसार समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिए ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्