पोखरा।
आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्य निर्बाचनका लागि ने क पा ( एमाले)को तर्फबाट कास्की निर्बाचन क्षेत्र न २(१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीले समृद्ध कास्की निर्माणमा आफ्नो अर्जुन दृष्टि रहेको उल्लेख गरेका छ्न।
उनले बिगतको एमाले नेतृत्वको प्रदेश सरकारले धेरै महत्त्वपूर्ण बिकासको कार्य शुरु गरेको भए पनि पूरा समय सो सरकारले काम गर्न नपाउदा अधुरा रहेका योजना र बिकास पूरा गर्दै नयाँ भिजनका साथ अघि बढ्ने गरि आफुले प्रदेश सभामा उम्मेदवारी प्रस्तुत गरेको बताएका छन।
कार्कीले आफ्नो निर्बाचन क्षेत्र सबै हिसाबले महत्त्वपूर्ण रहेकोले सो क्षेत्रको बिकासको योजना सहित छिट्टै आफ्नो पार्टीको प्रतिबद्धता सार्बजनिक गर्दै सोही अनुरुप तथा स्थानिय जनताकै आबश्यकता र सुझाबमा काम गर्ने बताए ।
उनले कास्कीको बिकासमा आफ्नो पार्टीको बिगतको केही बाचाहरु प्रदेश सरकारको फेरबदलका कारण अधुरो रहेको र सो को निर्माणमा सकृयताका साथ लाग्ने बताए।
कार्किले सो कुरा प्रेस चौतारी नेपाल कास्की शाखाले आइतबार आयोजना गरेको अन्तर्कृया कार्यक्रममा बोल्दै बताएका हुन।
एमाले केन्द्रिय सदस्य तथा भुमी ब्यबस्थापन बिभाग उप प्रमुख समेत रहेका उम्मेदवार कार्कीले आफू जहिल्यै साधारण जीवन यापन गर्दै आएको सधैं जनताकै घर दैलोमा निरन्तर सेवामा लागेको उल्लेख्य गर्दै यसपटक पहिलो पटक औपचारिकरुपमा जनसेवा गर्न निर्बाचनमा आएको बताए।
आफ्नो एकमात्र सपना बिकास भएको र त्यसका लागि कास्की २(१)का जनताले बिजयी गराइ अनुमती दिनेमा आफू आश्वस्त रहेको बताए।
यश अघि के पि ओलि नेतृत्वको एमाले सरकारमा भुमी आयोगको सदस्य तथा प्रबक्ता समेत रहेर आम भुमिहिन जनताका पक्षमा महत्त्वपूर्ण कार्य गरेका कार्की सरल र सादगी नेताको रूपमा चिनिन्छ्न।
संघीय सरकार फेरिए लगत्तै भुमी आयोग बर्तमान सरकारले खारेज गरे सङ्गै उनी सम्लग्न आयोगका सबै कार्यहरू अधुरै रहेका छ्न ।
सो आयोगमा रहदा देशै भरी सम्पुर्ण जिल्लाहरुमा भुमिहिनहरू तथा अव्यवस्थित बसोबास गर्ने हरूलाइ जग्गा धनी प्रमाण पत्र प्रदान गर्ने कार्यको नेतृत्व समेत गरेका कार्की पोखरा महानगरपालिका वडा न ३३ का स्थायी बासिन्दा हुन।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी संगठन मार्फत महत्त्वपूर्ण जन सेवा गरेका उनी २०५२ सालदेखी २०७० साल सम्म एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य ,गण्डकी प्रदेश कमिटिको कार्यालय सचिब हुँदै पार्टिको स्कुल बिभाग सदस्य समेत बनेका थिए।
एमालेको पाँचौ देखि नबौ महाधिवेशन सम्म लगातार महाधिवेशन प्रतिनिधि रहेका भिम कार्की बि स २०७५ सालमा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन ने क पा को केन्द्रिय सदस्य चएन भए लगत्तै कास्की एमालेको सह – इन्चार्ज तथा एमाले पोखरा महानगर कमिटिको इन्चार्जको भुमिका प्रभाबकारी रूपमा निर्बाह गरेका थिए।
बिगतको दशौ महाधिवेशनबाट केन्द्रिय सदस्य निर्बाचित भए सङ्गै एमाले कास्कीको इन्चार्जको रूपमा कार्यरत कार्की हाल जिम्मेवारी हेरफेर भएर भुमी ब्यबस्था बिभागको उप प्रमुख रहेका छ्न्।
२०६२ – ६३ को आन्दोलनमा लागे बापत तत्कालिन निरंकुश शाही सरकारले गिरफ्तार गरि जेल यातना दिएका भिम कार्की एक इमान्दार ,सरल,त्यागी र संघर्शशिल ब्यक्तिको रूपमा चिनिन्छ्न।










