प्रदेश सांसद मनाङ्गेले गरे याेजनाकाे अनुगमन

  • ख-
  • ख+

मनाङ,३१ जेठ । गण्डकी प्रदेश सांसद राजीव गुरुङ(दीपक मनाङ्गे)ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम तथा सांसद विकास काेष अन्तर्गतका याेजनाहरुकाे स्थलगत अनुगमन गरेका छन् ।

चालु आर्थिक वर्षमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मनाङ्गेले आफ्नाे निर्वाचन क्षेत्र मनाङ ‘ख’ मा सम्पन्न १३ वटा याेजना तथा जनता आवास कार्यक्रम अन्तर्गत मनाङ जिल्लाभरि विपन्न तथा दलित परिवारकाे लागि निर्माण सम्पन्न भएका २५ वटा घरकाे स्थलगत अनुगमन गरेकाे जानकारी मनाङ्गेका स्वकिय सचिव तथा प्रवक्ता राेनित गुरुङले सिटिपाेखरा डट कमलाई जानकारी दिए ।

उनका अनुसार सांसद मनाङ्गेले सम्पुर्ण याेजनाहरु पारदर्शी तवरले समयमै सम्पन्न भएकाेमा खुसि व्यक्त उपभाेक्ता समिति लगायत प्राविधिक टिमलाई धन्यवाद दिए ।

यसअघि उनले विहिवार मात्रै मनाङका विपन्न ६० परिवारलाई राहत वितरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्