गोरखामा एक जनाको भीरबाट लडेर मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गोरखा । गोरखाका यामबहादुर थापाको भीरबाट लडेर ज्यान गएको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका – १ जिमिरे स्थित भीरबाट लडेर उनको ज्यान गएको हो ।

करुवा सेति हाईड्रोपावरमा मजदुरी काम गर्ने क्रममा अचानक अन्दाजी ३ सय मिटरमाथि भीरबाट तल खसी मृत्यु भएको सशस्त्र प्रहरी बल, कालिका गण, मालेपाटनले जनाएको छ ।

गोरखा जिल्ला शहिदलखन गाउँपालिका–२ ठेगाना भएका ५० वर्षीय थापाको शवलाई गणबाट खटी गएको विशेष विपद् उद्धार टोलीले झिकेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको जानकारी दियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्