अभद्र व्यवहार मुद्दामा फरार प्रतिवादी पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

  पाेखरा । अभद्र व्यवहार मुद्दामा फरार प्रतिवादी जीवन तामाङलाई कास्की प्रहरीले पक्राउ गरेकाे छ ।

पाेखरा २९ भण्डारढिक बस्ने ३१ वर्षीय तामाङलाई प्रहरीले पाेखरा ६ हल्नचाेककाे एक रेष्टुरेण्टबाट शनिवार पक्राउ गरेकाे हाे ।

निजले गत वैशाख २८ गते पाेखरा २९ स्थित रहेको मालपोत कार्यालय अगाडी सार्वजनिक स्थलमा एकजना मानिसलाई डर धाक धम्की दिई गालिगलौज गरेको र हातपात समेत गरी जिउज्यानको सुरक्षामा असर पुग्ने किसिमले अभद्र व्यवहार गरेकाे आराेप छ ।

पक्राउ तामाङलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता विरुद्धको कसूर (अभद्र व्यवहार) सम्वन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्