
पोखरा।
फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरी बल नं.२४ कालिका गणको विषेश उद्धारकहरुले सकुशल उद्धार गरेका छन।
एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार उनि दिउसो करिब ४ बजे र ४० मिनेट जाँदा आएको हावाहुरीमा परी वीच तालमा अतालिएकी र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उद्धारगरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए। उनि अष्ट्रियाको नागरिक २७ वर्षिय लाउरा (Laura) रहेको समेत गणपति शर्माले जानकारी दिए।
एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको थियो।