सुजल डेरी लाई यस पटकको उद्योग तर्फको पिसिसिआई एक्सेलेन्सी अवार्ड

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा उद्योग वाणिज्य संघले नियमित रुपमा प्रदान गर्दै आएको सर्बोत्कृष्ठ ब्यवसायी सम्मान ९एऋऋक्ष् भ्हअभििभलअथ ब्धबचम० द्वारा यस पटक उद्योग तर्फ लक्ष्मी ग्रुप अन्तरगत को सुजल डेरी प्रा.लि. लाई प्रदान गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघको ७०औ साधारण सभा तथा ३५औं महाअधिवेशनको उद्घाटन सत्रमा एक विशेष समारोहका विच सो अवार्ड वितरण गरिएको थियो ।

सुजल डेरी प्रा.लि.को तर्फबाट लक्ष्मी ग्रुप का कार्यकारी निर्देशक श्री सुनिल श्रेष्ठले सो अवार्ड ग्रहण गरेका थिए । कार्यक्रममा समारोहका प्रमुख अतिथि पोखरा महानगर पालिका का प्रमुख धनराज आचार्य एवम् पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले माला, दोसल्ला, पुष्प गुच्छा र सम्मानपत्र ले श्री श्रेष्ठ लाई सम्मान गरिएको थियो ।

अवार्ड वितरणको सो सत्रलाई पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्री वसन्त उदास ले संचालन गरेका थिए । श्री उदास अवार्ड वितरणका लागि प्रतिष्ठान छनौट समितिका संयोजक समेत रहेको सो समारोहमा जानकारी गराईएको थियो ।

पोखरामा स्थापित विभिन्न औधोगिक तथा ब्यापारिक प्रतिष्ठानहरु मध्ये बाट उद्योग तर्फ उत्कृष्ठ एक र वाणिज्य तर्फ उत्कृष्ठ एक प्रतिष्ठानलाई सो अवार्ड प्रदान गरिंदै आएको समेत उक्त सत्रमा जानकारी गराईएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्