एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ ।

प्रतियोगितामा युनिभर्स इङ्लिस स्कुल द्धितीय, रत्न ज्योति मावि तृतीय, फेवा वोडिङ स्कुल चौथा तथा वागमारा एकेडेमी र अल्फा वोडिङ स्कुल सान्त्वना भएका छन् ।

प्रतियोगितामा विजयी विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले संस्थाका हरेक गतिविधि उत्कृष्ट रहेको बताउनुभयो ।

‘एन प्याव्सन कास्कीको मेजेरिटीले यस संस्थामा आवद्ध विद्यालयको पढाइ, परीक्षा र हरेक गतिविधिमा एकरुपता छ त्यसैले पनि यस संस्थाका गतिविधि उत्कृष्ट छन्’ आचार्यले भन्नुभयो,‘ आगामि दिनमा यस्ता कार्यक्रम निरन्तरता दिन अनुरोध गदर्छु ।’

प्रतियोगितामा एन प्याव्सनमा आवद्ध ३४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको एन प्याव्सन कास्कीका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक हरिराज अधिकारीले जानकारी दिनुभयो ।
विद्यार्थी आतरिक प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।

‘पढाइका अलवा एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीको प्रतिभा उजागर संस्था फरक फरक कार्यक्रमहरु सञ्चान गर्दै आएको छ’ अध्यक्ष अधिकारीले भन्नुभयो,‘हरेक कार्यक्रममा विद्यालयबाट विद्यार्थीको सहभागिताले हाम्रा कार्यक्रम सफल भएको महशुस भएको छ ।’ उहाँले आगामि दिनमा पनि संस्थाले आयोजना गर्ने कार्यक्रम यस्तै खालको सहभगिताको अपेक्षा गरेको बताउनुभयो ।

एन प्याव्सन कास्कीले अतिरिक्त कार्यक्रम बाहेर हरेक वर्ष वृहत शैक्षिक प्रदर्शनी र वृहत खेलकुद महोत्सव गर्दै आएको कार्यसमिति सदस्य विक्रम सुवेदीले जानकारी दिनुभयो । यस वर्ष भने संस्थाले खेल क्षेत्रलाई मध्येनजर गर्दे वृहत खेलकुद महोत्सव सञ्चालन गर्ने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्