
पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशमा नाट्टामा आवद्ध गण्डकी प्रदेशका व्यवसायीलाई कर तथा लेखा तालिम दिइएको छ ।
नाट्टा गण्डकी प्रदेशको आयोजनामा ८० जना व्यवसायीलाई तालिम दिइएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालले जानकारी दिनुुभयो ।
व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन कर तथा लेखा बारे जानकारी अपरिहार्य हुने अवस्थालाई दृष्टिगत गरी तालिम दिइएको बताउँदै उहाँले यसले कर तथा लेखा सम्बन्धमा व्यवसायीलाई महत्वपूर्ण जानकारीहरू प्राप्त भएको विश्वास व्यक्त गर्नुुभयो।
पर्यटन राजधानी पोखरा सहित समग्र देशको पर्यटन राष्ट्रको समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै अध्यक्ष दहालले राज्यको व्यवसायीमैत्री नीति आवश्यक हुनेमा जोड दिनुुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले व्यवसायलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन यस किसिमका तालिम आवश्यक हुने बताउँदै यस्ता तालिमहरूले निरन्तरता पाउनुपर्ने बताउनुुभयो ।
पर्यटनसम्बद्ध संघ संस्थाको सामुहिक प्रयासमा पोखराको पर्यटनलाई गतिशिल बनाउन सकिने उल्लेख गर्दै उहाँले परिषद् सम्बद्ध सबैसँग हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुुभयो ।
तालिममा आन्तरिक राजस्व कार्यालयका बरिष्ठ कर अधिकृत ठाकुरप्रसाद सुवेदीले कर तथा लेखा सम्बन्धमा तालिम दिनुुभएको थियो ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालको अध्यक्षता एवम् महासचिव चेतन कार्कीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवम् सचिव नवराज भण्डारी र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष संगीता पौडेलले गर्नुुभएको थियो ।
कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष पशुपति शर्मा, निवर्तमान अध्यक्ष हरिराम अधिकारी लगायतले व्यवसायिक दक्षता अभिबृद्धिका लागि यस किसिमका तालिम आवश्यक हुनेमा जोड दिनुुभयो ।