लुम्विनी प्रदेशका पर्यटनमन्त्रीलाई टान गण्डकीद्वारा स्वागत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात  मन्त्री प्रचण्ड विक्रम न्यौपाने, स्वकीय सचिव, निजी सचिव लगायतकाे टिमलाई  ट्रेकिङ्ग एजेन्सिज एशाेसियशन अफ नेपाल (टान) गण्डकीले कार्यालयमा स्वागत गरेकाे छ ।

स्वागतपछि भएकाे कुराकानीमा लुम्विनी प्रदेशका पर्यटनमन्त्री न्याैपानेकाे टिम र टानका पदाधिकारीबिच पर्यटन प्रवर्द्वन र विकास गर्ने, शान्तिको राजधानी लुम्विनीलाई गण्डकी प्रदेशमा जोडी विदेशी पर्यटनहरुको बसाई लम्बाउने, पोखरादेखि बर्दियासम्म बसको असुविधा भएकोले पर्यटक बस राख्न र फ्लाइटको सेवा सुविधा बढाउने विषयमा छलफल भएकाे थियाे ।

यसैगरि पदमार्गमा वृद्धि गराउन लुम्बिनी प्रदेशको गण्डकी प्रदेशका लोप भएका पदमार्गहरू खोजी गर्ने, लुम्विनी प्रदेश, गण्डकी प्रदेश र स्थानीय भएर पदमार्गहरु कार्यान्वयन गर्न नयाँ कार्यक्रमहरु अभिवृद्धि गर्ने लगायतका विषयमा पनि छलफल गरिएकाे टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्