कास्कीमा लागू औषधसहित एक जना पक्राउ, ६६२ एम्पूल बरामद

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्की जिल्ला प्रहरी कार्यालय र शिसुवा इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले पोखरा महानगरपालिका वडा नं. २९ स्थित भण्डारढिक नयाँवस्तीमा एक घरमा लागू औषध कारोबार गर्दै गरेको अवस्थामा ६६२ एम्पूल लागू औषधसहित २६ वर्षीय कपिल घिमिरेलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, कपिल घिमिरेको घरको सुत्ने कोठामा गरिएको खोजीमा डाईजापामका २२८ एम्पूल, फेनेरागनका २१२ एम्पूल, र ब्रुफिनका २२२ एम्पूल गरी कुल ६६२ एम्पूल लागू औषध र १ थान मोबाइल फोन बरामद गरिएको हो।

कपिललाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरिएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। यस घटनासँग सम्बन्धित स्रोत र अन्य व्यक्तिहरुको पहिचान गर्न प्रहरीले थप खोजी गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्