देशव्यापी लकडाउन नहुने

  • ख-
  • ख+

काठमाडौं । सरकारले देशव्यापी लकडाउन नगर्ने जनाएको छ।

शनिबार बालुवाटारमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक भए स्थानीय तहले लकडाउन गर्न सक्ने तर देशव्यापी लकडाउन नहुने बताएका छन्।

आजको बैठकमा प्रधानमन्त्री अ‍ोलीले सरकारले जारी गरेका ओदश पालना नभएको भन्दै असन्तुष्टी व्यक्त गरे।

निर्णय विपरीत रंगशालमा धेरै दर्शक राखेर खेल खेलाएको र भिडभाड भइरहेको गुनासो आएको भन्दै यसलाई रोक्न कडाइ गर्न सम्बन्धित पक्षलाई सचेत गराउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।

कोरोनाविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

आदेशको पालना गर्न, सामग्री अभाव हुन नदिन र सीमानामा कडाइ गर्न प्रधानमन्त्री ओलीको निर्देशन छ।

आजको बैठकले आदेश पालना नभइरहेको भन्दै लकडाउन गर्नुपर्ने हुन सक्छ भन्ने निष्कर्ष निकाले पनि त्यसबारे कुनै निर्णय नगरेको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्