लेखनाथ निर्माण ब्यवसायिको भवन शिलन्यास

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । लेखनाथ निर्माण व्यवसायी समितिले पोखरा महानगरपालिका वडा नं ३० को खुदीमा आफनो भवन निर्माण गर्ने भएको छ । करिव ३५ लाखको लागतमा निर्माण हुने भवनको सोमवार एक कार्यक्रमका विच शिलान्यास गरिएको हो ।

करिव आधा रोपनी क्षेत्रफल भित्र बन्ने चार कोठे भवनको शिलन्यास गर्दै लेखनाथ उद्योग बाणिज्य संघक अध्यक्ष विनोद श्रेष्ठले ब्यवसायिक रुपमा निर्माण क्षेत्रमा लाग्ने ब्यवसायिहरुको आफनै भवन हुनु पर्छ भन्ने मान्यताले बन्ने भवनबाट प्रदान हुने सेवाले समितिलाई काम गर्न अझ वढि सहज हुने विश्वास दिलाएका थिए ।

लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष भिम बहादुर नेपाली (काईला) को अध्यक्षतामा भएको शिलन्यास समारोहमा संस्थापक,कार्य समिति सदस्य तथा निर्माण ब्यवसायिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष भिम बहादुर नेपालीले भवन निर्माणको उदेश्य माथि प्रकाश पार्दै संस्थाको भवन आफ्नै जग्गामा निर्माण हुन लागेको र अबको एक वर्ष भित्र भवन निर्माण सम्पन्न गर्ने योजना रहेको बताएका थिए । शिलन्यास कार्यक्रमको संचालन संस्थाका सदस्य राम कृष्ण अधिकारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्