फेसबुकमा फेक आईडी बनाएर ठगी गर्ने २ जना पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । फेसबुकमा फेक आईडी बनाएर डिपेन्डेन्ट भिषामा विदेश लैजान्छु भनी लाखौं रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गरेको अनुसन्धानका क्रममा काभ्रेपलान्चोकका मनिष भुजेल र निशान पहारीलाई पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले फेसबुकको Neyha Gurung नामको फेक आईडी मार्फत विभिन्न व्यक्तिहरूसँग दोस्ती र कुराकानी गरी प्रलोभन देखाएका थिए। यसरी, ६,०१,९५५ रुपैयाँ ठगी गरेको खुलेको छ। यो रकम डिपेन्डेन्ट भिषामा यूके लैजाने प्रलोभनमा ठगिएको थियो।

कास्की प्रहरीले काभ्रेपलान्चोक जिल्लाका १९ वर्षका मनिष भुजेल र २१ वर्षका निशान पहारीलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा दायर गरिएको छ।

सम्बन्धित निकायले यस घटनामा थप अनुसन्धान गरिरहेको र दोषीलाई कडा कारवाही गर्ने आश्वासन दिएको छ। फेसबुक जस्ता सामाजिक सञ्जालमा यस किसिमका ठगीबाट नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।

यस घटनाले फेसबुक जस्ता प्लेटफर्महरूमा सावधानी अपनाउनको आवश्यकता थप बढाएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्