पोखरा । सल्यूट गोर्खा ट्रेनिङ सेन्टर प्रा. लि.ले १८औँ स्थापना दिवस मनाएकाे छ । सल्युट गाेर्खाले स्थापना दिवसकाे अवसरमा विभिन्न खलकुदका कार्यक्रम गर्दै मंगलबार स्थापना दिवस मनाएकाे हाे । साे अवसरमा बाेल्ने वक्ताहरुले गोर्खा भर्तीमा सफल हुन सही निर्णय, कडा मिहिनेत, अनुशासन र आत्मविश्वास अनिवार्य रहेकोमा जोड दिएका छन्। सल्यूट गोर्खा ट्रेनिङ सेन्टरको तालिमले व्यावहारिक अनुभव, आत्मविश्वास र सफलता हासिल गर्न सहयोग गर्ने उनीहरूको भनाइ थियो।
गोर्खा भर्ती शारीरिक क्षमतामा मात्र सीमित नरही उम्मेदवार मानसिक, सामाजिक, शैक्षिक, सकरात्मक साेच, निरन्तर अभ्यास र सर्वाङ्गिण रुपमा फिट हुनुपर्नेमा कार्यक्रमका वक्ताहरुकाे जोड छ ।
कार्यक्रमका प्रमुख अतिथि सुवेदार मेजर (ह्ननरी क्याप्टेन) प्रेम थापाले सही समयमा सही निर्णय लिन सक्ने युवाहरू नै सफल हुने बताए। ‘सल्युट गाेर्खाका प्रशिक्षार्थीहरु एजुकेशनमा ९९ प्रतिशत पास हुनु, यहाँ अनुभवी शिक्षकको छनोट, उपयुक्त वातावरण र निरन्तर मिहिनेतले मात्र सपना साकार बनाउँछ ।’उनले भने,’सपना सुतेर होइन, ब्युँझेर देख्नुपर्छ।’ उनले स्वास्थ्य, अनुशासन र फिजिकल फिटनेस नै सफलता प्राप्त गर्ने मूल आधार भएको उल्लेख गरे।
सल्यूट गोर्खा ट्रेनिङ सेन्टरका सञ्चालक राहुल पाण्डेले गोर्खा भर्तीमा हुने भ्रम, आर्थिक चलखेल र झुटा आश्वासन विरुद्ध सल्यूट गोर्खाले निरन्तर आवाज उठाउँदै आएको बताए । उनले भने-“लाहुरे बन्न पैसा होइन, साहस, क्षमता र आत्मविश्वास चाहिन्छ। जसमा क्षमता छ, उ नै भर्ति हुन्छ ।” सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले गरिब, जेहेन्दार र अनुशासित प्रशिक्षार्थीहरूलाई छात्रवृत्ति तथा विशेष छुट, निःशुल्क प्रि–मेडिकल चेकअप र परामर्श प्रदान गर्दै आएको उनकाे भनाई छ । सल्यूट गोर्खा एप मार्फत गोर्खा भर्तीसम्बन्धी पुस्तक, प्रश्नपत्र तथा अनलाइन सेवा निःशुल्क उपलब्ध गराउँदै आएको सञ्चालक पाण्डेले बताए ।

कार्यक्रममा सुवेदार मेजर उमनसिंह गुरुङ,सुवेदार वेलबहादुर गुरुङ, सुवेदार भिमबहादुर पुन, अंग्रेजी प्रशिक्षक हेम रानाभाट सल्युट गाेर्खाका चिफ इन्स्टक्टर कृष्णबहादुर आले लगायतले बाेलेका थिए । कार्यक्रम सल्युट गाेर्खामा लाहुरे प्रशिक्षण गरिरहेका युवाहरुकाे विचमा भएका खेलकुद कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिएकाे थियाे भने युवाहरुले गायन, नृत्य, वासुरी बजाउने लगायतका प्रस्तुति राखेका थिए ।
सन् २००९ मा पोखरामा स्थापना भएको सल्यूट गोर्खा ट्रेनिङ सेन्टर हाल काठमाडौं, ललितपुर, दाङ, बुटवल र चितवन गरी ६ जिल्लामा सञ्चालनमा छ। संस्थाले आफ्नै अन्तर्राष्ट्रिय स्तरको तालिम मैदान, सुविधा सम्पन्न छात्रावास सहित सम्पूर्ण तालिम आफ्नै क्याम्पभित्र सञ्चालन गर्दै आएको छ।
सल्युट गाेर्खा स्थापनाकालदेखि नै नेपालबाट दक्ष र इमान्दार युवा जनशक्ति उत्पादन गरी ब्रिटिस आर्मी, सिङ्गापुर पुलिस, इन्डियन आर्मी, नेपाल आर्मी लगायत विभिन्न देशहरुमा गोर्खा सैनिक भर्ती गराउन सफल संस्था हो ।
सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर प्रा. लि.ले सन् २०२२/२०२३ को एसियाको बेस्ट गोर्खा भर्ती तथा प्रशिक्षण एकेडेमी अवार्ड र २०२२/२०२३ को एसियाको उत्कृष्ट अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र अवार्ड समेत प्राप्त गरेको छ । यसका साथै ट्रेनिङ सेन्टरका सञ्चालक राहुल पाण्डे योङ इन्टरप्रेन्योर अफ द इयर २०२३’ बाट पनि सम्मानित भएका छन् ।
भर्ती हुनका लागि चाहिने आधारभूत आवश्यकताहरुका बारेमा फोन, सामाजिक सञ्जाल ( फेसबुक/युट्युब) मार्फत वा यस तालिम केन्द्रको कार्यालयमै उपस्थित भएर समेत जानकारी लिन सकिन्छ । यस संस्थाले भर्तीको सम्पूर्ण तालिम प्रदान गर्दै आएको छ ।
हाल सल्यूट गोर्खामा १०० भन्दा बढी प्रशिक्षार्थीहरू शारीरिक, शैक्षिक तथा अन्तर्वार्ताकाे तयारी कक्षामा सहभागी छन्।
सल्यूट गोर्खाले अहिलेसम्म करिब ४ सय जनालाई ब्रिटिस आर्मी र सिंगापुर पुलिस, तथा ६ सय जनालाई इण्डियन आर्मीमा भर्ती गराउन सफल भइसकेको छ।










