तिर्थ के सी/पाेखरा । गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट कास्कीका फुर्केटारी र मूलवन सामुदायिक वन उपभाेक्ता समूह पुरस्कृत भएका छन् ।
जिल्लाका फुर्केटारी सामुदायिक वन उपभाेक्ता समुह हेमजा २५ ले द्वितीय र मुलवन सामुदायिक वन उपभाेक्ता समूह पाेखरा २१ निर्मलपाेखरीले सान्त्वनाबाट पुरस्कृत भएका हुन् । उनीहरुलाई नेपाल सरकार वन तथा भुसंरक्षण विभागले एक समाराेहका विच साेमवार सम्मान गरेकाे हाे ।

देशभरका झण्डै २३ हजार भन्दा बढि सामुदायिक वनबाट द्वितीय स्थान प्राप्त गर्न सफल फुर्केटारी सामुदायिक वन उपभाेक्ता समुहले नगद ६२ हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र र सान्तवना स्थान प्राप्त गर्न सफल मुलवन सामुदायिक वन उपभाेक्ता समूहले नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकाे डिभिजन वन कार्यालय कास्कीका डिभिजनल वन अधिकृत केदार बरालले जानकारी दिए ।
साथै यस्ताे पुरस्कारले पुरस्कृत वनलाई हाैसला प्रदान गर्नुका साथै अन्य सामुदायिक वनलाई पनि उत्प्रेरणा जगाएकाे बताए ।

फुर्केटारी सामुदायिक वन उपभाेक्ता समूहकी सचिव रमा त्रिपाठीले समुदायमा रहेका विपन्न वर्गलाई माथि उठाउन अर्थात गरिबी निवारणका लागि वनलाई संरक्षण गर्दै वनका स्राेत साधनलाई भरपुर उपयाेग गरेर सरकारकाे नीति अनुरुप अगाडि बढेकाेले फुर्केटारी वनले द्वितीय पुरस्कार पाउन सफल भएकाे बताईन् ।

नेपाल सरकार वन तथा भु संरक्षण विभागले हरेक वर्ष उत्कृष्ट सामुदायिक वन अन्तगर्त कास्की जिल्लाका साथै धनुषाकाे भाटिघारी सामुदायिक वन उपभाेक्ता समूह प्रथम भएकाे छ ।

डिभिजनल वन अधिकृत केदार बराल सम्मानित

यसै विच सम्मान समाराेहमा कास्कीका डिभिजन वन कार्यालय कास्कीका डिभिजनल वन अधिकृत केदार बराल पनि सम्मानित भएका छन् । वन संरक्षण, सम्बद्र्धन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै बराललाई नेपाल सरकार वन तथा भुसंरक्षण विभागले सम्मान गरेकाे हाे ।











