तिर्थ के सी/पाेखरा । पाेखरा इन्जिनियरिङ कलेजका शिक्षक, विद्यार्थी र कर्मचारीहरुले काेभिड १९ विरुद्वकाे खाेप लगाएका छन् ।
कलेजका शिक्षक, विद्यार्थी र कर्मचारीहरु गरि ८ सय २० जनाले काेभिड १९ विरुद्वकाे खाेप एस्ट्राेजिकाकाे पहिलाे मात्रा लगाएकाे कलेजका म्यानेजिङ डाइरेक्टर अमर गुरुङले जानकारी दिए ।
उनले खाेप व्यवस्थापन गर्ने जिल्ला जनस्वास्थ्य कास्की र खाेप लगाउन सहयाेग गर्ने कास्की माेडल हस्पिटलका नर्सहरुलाई धन्यवाद दिए । साथै उनले याे महामारीबाट जाेगिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अनुराेध गरे ।
कलेजमा हाल शिक्षक, विद्यार्थी र कर्मचारी गरि १ हजार बढि रहेका छन् ।
















