दसैँ–तिहार बहार ! सिटिजन फर्निचरमा ३० प्रतिशतसम्म छुट उपहार

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै फर्निचर तथा फर्निसिङका विभिन्न सामग्रीमा २० देखि ३० प्रतिशतसम्म छुट योजना सार्वजनिक गरेको छ।

शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा सञ्चालक दीपक कार्कीले विगतका वर्षझैँ यस वर्ष पनि ग्राहकलाई लक्षित गरी छुट सुविधा ल्याइएको जानकारी दिए। उनका अनुसार छुट योजना छठ पर्वसम्म लागू हुनेछ।

२०७० असार २६ गतेदेखि पोखरामा सञ्चालनमा आएको सिटिजन फर्निचरले न्यूरोड क्षेत्रमा मुख्य शोरुमसहित चारवटा आउटलेट सञ्चालन गर्दै आएको छ। सिटिजन फर्निचर, सिटिजन फर्निसिङ सप्लायर्स, सिटिजन फर्निचर एण्ड फर्निसिङ हब तथा सिटिजन कम्प्युटर एण्ड मेन्टिनेन्समार्फत सेवा दिइरहेको कम्पनीले घर तथा कार्यालयका लागि आवश्यक विभिन्न सामग्री बिक्री गर्दै आएको छ।

यहाँ सोफा, दराज, अफिस टेबल, डाइनिङ टेबल, टी–टेबल, पर्दा, कार्पेट, कुर्सी, डोरमेटलगायतका सामग्री उपलब्ध छन्। सञ्चालक कार्कीका अनुसार सिटिजनमा २० हजारदेखि ५ लाख रुपैयाँसम्मका सोफा उपलब्ध छन् भने ग्राहकको मागअनुसार आफ्नै फ्याक्ट्रीमा विभिन्न मोडलका सोफा तथा दराज निर्माण गर्न सकिनेछ।

कार्कीले सस्तो मूल्यभन्दा गुणस्तरीय सामग्रीलाई प्राथमिकता दिन ग्राहकलाई आग्रह गरे। आफूहरूले सरकारलाई कर तिरेर वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेको बताउँदै उनले ग्राहकलाई ढुक्क भएर सामान खरिद गर्न आग्रह गरे।

उनले दर्ताबिना सञ्चालन भइरहेका अनलाइन व्यवसायलाई नियमन गर्नुपर्नेमा पनि जोड दिए। सामाजिक सञ्जालमार्फत आकर्षक प्रचार गरेर ग्राहकलाई प्रलोभनमा पार्ने प्रवृत्ति बढेकाले यस्ता व्यवसायलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।

गण्डकी प्रदेश सरकारबाट युवा उद्यमीका रूपमा सम्मानित कार्कीले व्यवसायमा सफल हुन निरन्तर मेहनत आवश्यक रहेको बताए। चाउथेमा रहेको फ्याक्ट्री र न्यूरोडका शोरुममार्फत करिब २७० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए।

सिटिजन फर्निचरले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ। रसुवा बाढीपीडितका लागि सुरुमै १ लाख ११ हजार ११ रुपैयाँ राहत सहयोग गरेको कम्पनीले गत महिना पाल्पाको ऐतिहासिक लाखे नाचसमेत पोखरामा प्रदर्शन गरेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले स्वदेशमै उपलब्ध स्रोतसाधनको उपयोग गर्दै उत्पादन बढाउनुपर्ने बताए। निजी क्षेत्रमाथि विभिन्न चुनौती रहेको अवस्थामा युवा उद्यमीको प्रयासलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा सिटिजन फर्निचरका अर्का सञ्चालक गुरुदत्त पौडेलले उपस्थित सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रम पाल्पाली समाजका प्रेस सल्लाहकार पत्रकार विजय नेपालले सञ्चालन गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्