टान गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी सर्वसम्मत

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पाेखरा ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको ३३ औँ वार्षिक साधारण सभा एवं १९ औँ अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि तीर्थराज सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।

‎नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण संग्रौला, सचिवमा भुपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल चयन भएका छन्।

त्यसैगरी,  सदस्यमा बलराम दाहाल, भुपेन्द्र गौतम, अजय राज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक डम्बरबहादुर केसीले नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जानकारी दिए ।

बाँकी दुई सदस्य पछि मनोनयन गरिने निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।

‎यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले अधिवेशनको उद्घाटन गरेका थिए। उनले पर्यटन क्षेत्रमा योगदानका हिसाबले गण्डकी प्रदेश पहिलो स्थानमा रहेको बताएका थिए। कुल राजस्वमा पनि गण्डकीको योगदान उल्लेख्य रहेको उनले बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्