काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक धार्मिक भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्। उनको यो भ्रमण नितान्त पारिवारिक तीर्थाटन रहेको रास्वपाको निजी सचिवालयले जनाएको छ।

सचिवालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार लामिछाने भोलि (कात्तिक ६ गते) शुक्रबार धनगढी हुँदै भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। तीन दिने आध्यात्मिक भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित प्रसिद्ध नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित विशेष पूजाअर्चना गर्नेछन्।
पार्टीका शुभचिन्तक र आम जनसमुदायलाई जानकारी दिँदै सचिवालयले लामिछाने तीन दिनको धार्मिक अनुष्ठान पूरा गरी स्वदेश फर्किने उल्लेख गरेको छ।